back

संविधानले सबैको संरक्षण गरेको छ : मुख्यमन्त्री राई

वि.सं.२०७५ असोज ३ बुधवार

315 

shares
GLOBAL IME AD
NTC AD

२ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वद्र्र्धन गरेको बताएका छन् ।
संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति, प्रदेश नं १ विराटनगरद्वारा आज शहीद रङ्गशालामा आयोजित भव्य समारोहमा उनले सो कुरा बताएका हुन् ।

उनले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हितको प्रवद्र्धन र पैरवीका लागि छुट्टै व्यवस्था संविधानमा भएको जानकारी दिँदै सामाजिक न्याय प्राप्तिका दिशामा संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

मूल समारोह समितिको संयोजकसमेत रहेका मुख्यमन्त्री राईले प्रदेशवासी जनताको विकास र समृद्धि, सुशासन र सम्मानको चाहनालाई मूर्तरुप दिन प्रदेश सरकार संवेदनशील रहेको बताए ।

सो अवसरमा प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङको पनि उपस्थिति थियो । कार्यक्रमको प्रारम्भमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल, खेलाडी, बाल क्लब, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था, विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको थियो ।

वि.सं.२०७५ असोज ३ बुधवार १२:०१ मा प्रकाशित

नेपाली र दक्षिण कोरियाली कविता वाचन

नेपाली र दक्षिण कोरियाली कविता वाचन

काठमाडौँ । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श...

अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश

अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश

काठमाडौँ । कानुन विपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा,...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक

मोरङ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा...

कुटपिटमा संलग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी

कुटपिटमा संलग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी

काठमाडौँ । चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न...