back
CTIZAN AD

मुसहर बस्तीमा बिरुवा रोपेर संविधान दिवस मनाइयो

वि.सं.२०७५ असोज ३ बुधवार

681 

shares

गोपालप्रसाद बराल
३ असोज, बर्दिवास । महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहर समुदायले यसपाली पहिलो पटक आफ्नै बस्तीमा धुपी र अशोकका बिरुवा रोपेर संविधान दिवस मनाएका छन् ।

सुन्तली फाउण्डेशनले बनाइदिएको पक्की घरमा दुई वर्ष पहिले बस्न थालेका मुसहरले यसपाली पहिलोपल्ट आफ्नो बस्तीमा बिरुवा रोप्दै रचनात्मक काम गरेर आज संविधान दिवस मनाएका हुन् ।

यसअघि संविधान, कानून, आफ्ना अधिकार र कर्तव्यबारे पूरै बेखबर रहने मुसहर समुदायले आयोजना गरेका वृक्षरोपण कार्यक्रममा स्थानीय प्रहरी प्रशासन, सञ्चारकर्मी र सामाजिक कार्यकर्ता सहभागी भएका थिए । कुल ५० घरको नमूना बस्तीमा सडकको दुवै किनार र घरको आँगन अगाडि ५०/५० वटा धुपी र अशोकका बिरुवा रोपिएको एकीकृत नमूना मुसहर बस्ती संरक्षण समितिका अध्यक्ष बिल्टु सादा मुसहरले बताए ।

“संविधानले मुलुकलाई विधि र प्रक्रियाले चलाउने र यो सबैको साझा हुने कुरा थाहा पाएपछि यसपाली आफ्नै बस्तीमा संविधान दिवस मनाएका हौँ”, अध्यक्ष सादाले भने, “हामीले संविधान, कानून र जनताको अधिकारबारे भर्खरै अलीअली बुझ्न थाल्यौँ ।” आपूmहरुको कार्यक्रमप्रति समाजका अन्य तप्काले सकारात्मक चासो र सहयोग गर्दा बल्ल हामी समाजका खास अङ्ग रहेछौँ भन्ने लागेको सो बस्तीकी जितो सादा मुसहरले बताए ।

वृक्षरोपण कार्यक्रममा बस्ती भित्रका स्कुले बालबालिकासहित सबै घरका सदस्यको सहभागिता थियो । वृक्षरोपण गरेका मुसहरले आफ्नो बस्तीमा रोपिएका धुपी र अशोक हुर्किने, बढ्ने क्रमसँगै मुलुकको संविधान पनि सबैको साझा छहारी हुँदै जाने आशा सङ्गालेका छन् ।

वि.सं.२०७५ असोज ३ बुधवार २०:३९ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...