back
CTIZAN AD

नेपालको पर्यटन क्षेत्रमा जापान सरकारले सहयोग गर्ने

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.9K 

shares

pokhara-city-sightseeing59

 पोखरा । नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालको पर्यटनलगायतका क्षेत्रमा जापान सरकारकातर्फबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राजदूत ओगावाको सम्मानमा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा यहाँ बु्धबार आयोजित कार्यक्रममा उहाँले नेपालमा बढीभन्दा बढी जापानी पर्यटक भित्र्याउन र अन्य विकास निर्माणका कार्यमा सक्दो सहयोग जुटाउन प्रयास गर्ने बताउनुभयो ।

नेपाल–जापानबीच लामो समयदेखि दौत्य सम्बन्ध रहँदै आएको स्मरण गर्दै उहाँले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै सुदृढ भएर जाने बताउनुभयो ।

पोखरा प्राकृतिक रुपमा अत्यन्त सुन्दर स्थल भएको बताउँदै राजदूत ओगावाले भन्नुभयो –पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीचको भगिनी सम्बन्धलाई जनस्तरमा पु¥याउन पहल गर्नेछु ।

जापानी राजदूत ओगावालाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले भूकम्पका कारण खस्किएको नेपालको पर्यटनलाई पुनर्जीवन दिन आगामी दिनमा बढीभन्दा बढी जापानी पर्यटक नेपाल आउने वातावरण तयार गरिदिन आग्रह गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक पालिखेले जापान सरकारको सहयोगमा निर्माण हुन लागेको पोखराको खानेपानी शुद्धीकरण तथा विस्तार परियोजनाअन्तर्गत मर्दीमा रहेको पानीको मुहान चार किलोमिटर माथि सार्न सके मुहानमा हुने मानवीय अतिक्रमण कम गर्न सकिने धारणा राख्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:२० मा प्रकाशित

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...