Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपालको पर्यटन क्षेत्रमा जापान सरकारले सहयोग गर्ने



pokhara-city-sightseeing59

 पोखरा । नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालको पर्यटनलगायतका क्षेत्रमा जापान सरकारकातर्फबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राजदूत ओगावाको सम्मानमा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा यहाँ बु्धबार आयोजित कार्यक्रममा उहाँले नेपालमा बढीभन्दा बढी जापानी पर्यटक भित्र्याउन र अन्य विकास निर्माणका कार्यमा सक्दो सहयोग जुटाउन प्रयास गर्ने बताउनुभयो ।

नेपाल–जापानबीच लामो समयदेखि दौत्य सम्बन्ध रहँदै आएको स्मरण गर्दै उहाँले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै सुदृढ भएर जाने बताउनुभयो ।

पोखरा प्राकृतिक रुपमा अत्यन्त सुन्दर स्थल भएको बताउँदै राजदूत ओगावाले भन्नुभयो –पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीचको भगिनी सम्बन्धलाई जनस्तरमा पु¥याउन पहल गर्नेछु ।

जापानी राजदूत ओगावालाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले भूकम्पका कारण खस्किएको नेपालको पर्यटनलाई पुनर्जीवन दिन आगामी दिनमा बढीभन्दा बढी जापानी पर्यटक नेपाल आउने वातावरण तयार गरिदिन आग्रह गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक पालिखेले जापान सरकारको सहयोगमा निर्माण हुन लागेको पोखराको खानेपानी शुद्धीकरण तथा विस्तार परियोजनाअन्तर्गत मर्दीमा रहेको पानीको मुहान चार किलोमिटर माथि सार्न सके मुहानमा हुने मानवीय अतिक्रमण कम गर्न सकिने धारणा राख्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम