back
CTIZAN AD

नयाँ शक्ति केन्द्रीय कार्यालयमा कार्यविभाजन हेरफेर, प्रशान्त सिंह भट्टराइका सल्लाहकार

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1K 

shares

४ कात्तिक, काठमाडौँ। नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयको कार्यविभाजन हेरफेर गरिएकोे छ । पार्टीको विशेष राजनीतिक समितिको बुधबार बसेको बैठकले नयाँ कार्यविभाजन गरेको हो ।

बैठकले प्रशान्त सिंहलाई संयोजक डा बाबुराम भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त गरेको छ । त्यसैगरी, बैठकले केन्द्रीय कार्यालयको संयोजकमा डा केशवमान शाक्य र सहसंयोजकमा प्रह्लाद लामिछानेलाई जिम्मेवारी दिएको नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । त्यस्तै, विद्यार्थी सङ्गठनको उत्प्रेरकको जिम्मेवारी राजु नेपाललाई दिइएको छ ।

प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त हुनुभएका सिंह हार्वड विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय लगायतका प्रतिष्ठित विश्वविद्यालय र प्रतिष्ठानबाट प्रशिक्षित हुनुहुन्छ । उहाँले यसअघि नै नेपाल पर्यटन बोर्डको निर्देशक, विश्व वन्यजन्तु कोष, नेपालको निर्देशक लगायतका पदमा रहेर कार्य गरिसक्नुभएको छ ।

त्यसैगरी, केन्द्रीय कार्यालय संयोजक शाक्य पूर्वमन्त्री (विज्ञान प्रविधि तथा वातावरण) हुनुहुन्छ भने उहाँले धेरै प्रतिष्ठित संस्थामा कार्यकारी पदमा रहेर काम गरिसक्नुभएको छ । केन्द्रीय कार्यालय सहसंयोजक लामिछाने पूर्वसभासद् (प्रत्यक्ष निर्वाचित) हुनुहुन्छ । उहाँ नयाँ शक्ति पार्टी, नेपालको मकवानपुर जिल्ला संयोजकका रुपमा काम गरिसक्नुभएको छ भने उहाँसँग विभिन्न व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरिसकेको अनुभव पनि छ ।

छ कार्ययोजना निर्माण कार्यदल गठन

बैठकले मङ्सिर ५ गतेदेखि हुने केन्द्रीय कार्यकारी समितिको बैठकका निम्ति डम्बर खतिवडाको संयोजकत्वमा राजनीतिक तथा साँस्कृतिक अभियान कार्ययोजना, देवेन्द्र पौडेलको संयोजकत्वमा सङ्गठन निर्माण तथा विस्तार कार्ययोजना, गङ्गा श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय तथा सामाजिक अभियान कार्ययोजना, रामेश्वर खनालको संयोजकत्वमा आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्ययोजना, केशवमान शाक्यको संयोजकत्वमा उत्पादन तथा रोजगार÷स्वरोजगार कार्ययोजना र वामदेव क्षेत्रीको संयोजकत्वमा केन्द्रीय कार्ययोजना कार्यदल गठन गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:२२ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...