७ असोज, काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिडले घरेलु लिग लालिगामा कठिन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा ईस्पानियोललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा मार्को एसेन्सियोले एक गोल गरे । रियलको घरेलु मैदान सान्टिएगो बर्नेबाउमा भएको खेलमा एशेन्सियोले खेलको ४१ औ मिनेटमा गरेको गोल नै रियललाई ३ अंक दिलाउन काफी रह्यो । जितसँगै रियल म्याड्रिड बार्सिलोनालाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले लालिगाको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको छ । एक खेल कम खेलेको वार्सिलोना १२ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
वि.सं.२०७५ असोज ७ आइतवार ०९:३० मा प्रकाशित