back
CTIZAN AD

जर्मनीले नेपाललाई ७ अर्ब ५० करोड रुपैयाँ अनुदान दिने

वि.सं.२०७५ असोज ७ आइतवार

618 

shares

७ असोज, काठमाडौँ । जर्मनीले नेपाललाई २ वर्षको लागि ५५ दशमलब ६ मिलियन युरो ७ अर्ब ५० करोड रुपैयाँ अनुदान दिने सहयोग गर्ने भएको छ ।

यसका साथै ऊर्जा दक्षता कार्यक्रम अन्तर्गत लेखनाथ– दमौली २२० केभी प्रसारण लाइन परियोजना निर्माणको लागि थप १५ मिलियन युरो पनि जर्मनीले नेपाललाई सहायता दिने भएको छ ।

नेपाल जर्मनी विकास सहायता सम्बन्धी वार्तामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जर्मनी सरकारको तर्फबाट केएफडब्लु विकास बैंकको दक्षिण एसिया क्षेत्रीय व्यवस्थापक यस्मिन तवफिकले हस्ताक्षर गरेका हुन् ।

वार्तामा जर्मनी सरकारबाट ऊर्जा, स्वास्थ्य तथा दीगो आर्थिक विकासका क्षेत्रमा जारी आयोजनाहरुलाई निरन्तरता दिँदै थप आयोजनाको लागि समेत प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ ।

जर्मनी सरकारबाट नेपाललाई नवीकरणीय ऊर्जा, स्वास्थ्य, नगर विकास, शान्ति कोष, भूकम्पपछिको पुनर्निर्माण तथा दीगो आर्थिक विकास जस्ता क्षेत्रहरुमा सहयोग प्रदान गर्दै आएको छ ।

वि.सं.२०७५ असोज ७ आइतवार ०९:१८ मा प्रकाशित

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

काठमाडौँँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...