back
CTIZAN AD

पूर्वप्रधानन्यायाधीश कार्कीको ‘न्याय नामक’ आत्मकथा बजारमा

वि.सं.२०७५ असोज ७ आइतवार

708 

shares

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ ।

शनिबार यहाँ लोकार्पण गरिएको सो पुस्तकको मूल्य रु ९०० रहेको छ । पुस्तकमा कार्कीले आफू कलेजमा अध्ययनदेखि भारतको बनारसमा प्राप्त अनुभव तथा न्याय क्षेत्रमा प्रवेश गर्दादेखि न्यायाधीश नियुक्तिमा देखिएको चलखेल, भ्रष्टाचार, न्यायिक संस्थालाई कमजोर बनाउने प्रयास तथा समाजमा नैतिकवान पात्रको खडेरीजस्ता विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ ।

सो अवसरमा कार्कीले न्यायपालिका स्वतन्त्र भए मात्र लोकतन्त्र फस्टाउन सक्ने बताउँदै न्यायालयमा वकालत गर्दा कमीकमजोरी तथा सुधारको कुरा पुस्तकमा उतार्ने काम गरेको बताइन् ।
उनले कसैको चित्त दुखाउने मनसायले आफूले आत्मकथा नलेखेको स्पष्ट पार्दै न्यायालयमा स्वतन्त्र तथा निर्भिक न्यायाधीशको आवश्यकता रहेको धारणा व्यक्त गरिन् ।

शिक्षाविद् केदारभक्त माथेमाले पूर्वप्रन्या कार्की इमान्दार, निष्ठावान तथा निडर महिला न्यायमूर्ति भएको टिप्पणी गरेका थिए ।

न्यायाधीश कार्कीका पति दुर्गा सुवेदीले सुशीला कार्कीको न्याय क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताएका थिए ।

वि.सं.२०७५ असोज ७ आइतवार ०८:५९ मा प्रकाशित

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग...

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...