back

नेपाल शिक्षक महासङ्घगोरखाको अध्यक्षमा भट्ट

वि.सं.२०७५ असोज ७ आइतवार

315 

shares
GLOBAL IME AD
NTC AD

७ असोज, गोरखा । नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा ध्रुवकुमार भट्ट चयन भएका छन् । जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार राति अबेर सम्पन्न भेलाले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले सहअध्यक्षमा राजन कट्टेल, उपाध्यक्षमा उदयबहादुर भट्ट र उर्मिला विष्ट, सचिवमा श्यामप्रसाद लामिछाने, सहसचिवमा गोपालबाबु मरहठ्ठा, उषा थापा र अनिल कुँवर चयन गरेको नवनिर्वाचित अध्यक्ष भट्टले जानकारी दिएका छन् । शिक्षक हकहित र अधिकारका लागि साझा आवाज उठाउनका लागि जिल्लामा महासङ्घको गठन भएको नवनिर्वाचित अध्यक्ष भट्टले बताए ।

शिक्षक युनियनको खारेजीपछि निर्माण गरिएको महासङ्घको जिल्ला नेतृत्वसँगै प्रदेश र सङ्घका प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो । भेला एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्घ, अखिल नेपाल शिक्षक सङ्गठन र विद्यालय कर्मचारी सङ्गठनको आयोजनामा सम्पन्न भएको हो ।

वि.सं.२०७५ असोज ७ आइतवार ०९:४३ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...