back
CTIZAN AD

इरान आक्रमणमा अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकू समूहको हात : विदेशमन्त्री

वि.सं.२०७५ असोज ७ आइतवार

558 

shares

७ असोज, तेहरान । इरानको दक्षिण पश्चिम क्षेत्रमा शनिबार भएको आक्रमण अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकू समूहले गराएको इरानी सरकारले आरोप लगाएको छ ।

सरकारले आतङ्कवादी समूहले गोली चलाएको दावी गरेपनि शनिबार अपरान्ह्सम्म आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन ।

इरानमा सैन्य कवाज (परेड) चलिरहेका समय अन्धाधुन्ध गोली चलेको र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे र ५३ जना घाइते भएको इरानको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ ।

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले इरानको दक्षिण पश्चिममा सक्रिय एक अमेरिकी सहयोगप्राप्त संगठन जिम्मेवार रहेको दावी गरेका छन् ।

अहभाजमा विदेशद्वारा भर्ना लिएको, तालिम दिएको, हतियार उपलब्ध गराएको तथा उनीहरूलाई भुक्तानी गर्नेगरेको आतङ्कवादीहरूले आक्रमण गरेको विदेशमन्त्री जरीफको दावी छ ।

“इरानले उक्त क्षेत्रमा आतङ्कवादीलाई आर्थिक रूपमा संरक्षण दिँदै आएका विदेशी र उनीहरूका अमेरिकी मालिक आक्रमणका जिम्मेवार छन् ।”

आक्रमण भएको स्थान अहभाज शहर इरानको इराकी सिमानामा पर्ने खुजेस्तान प्रान्तमा पर्छ । उक्त स्थान इरानमा अल्पसङ्ख्यक मानिने अरब समुदायको बाहुल्यता रहेको क्षेत्र हो । खुजेस्तानमा यसअघि पनि पृथकतावादी हिंसात्मक आन्दोलन हुने गरेको र यसमा तेहरानका क्षेत्रीय प्रतिस्पर्धीहरूको हात रहेको इरानले आरोप लगाउँदै आएको थियो ।

मृतकमध्ये एउटी नाबालिका, केही प्रत्यक्षदर्शी महिला तथा ह्वीलचियरको सहारामा परेड हेर्न आएका एक पूर्व सैनिक पनि परेको सेनाका प्रवक्ता तथा ब्रिगेडियर जनरल अबोलफजल शेकर्चीले बताए ।

आक्रमणकारीमध्ये तीनजना घटनास्थलमा नै मारिएका थिए भने एक जनालाई घाइते अवस्थामा पक्राउ गरिएपनि केही समयपछि मृत्यु भएको प्रवक्ता शेकर्चीले इरानको राज्य सञ्चालित टेलिभिजनलाई बताए ।

खुजेस्तानका उप गभर्नर अलि हुसेन हुसेनजादेहले केही समय पहिले दिएको जानकारीमा एक पत्रकारसहित कम्तीमा नौ सैनिकको मृत्यु भएको जानकारी दिएका थिए ।

विदेशमन्त्री जरीफले अमेरिकी सहयोगप्राप्त क्षेत्रीय प्रतिस्पर्धी नै घटनामा जिम्मेवार रहेको भन्दै इराकतर्फ सङ्केत गर्नुभएको छ भने इरानको सम्भ्रान्तहरूको समूह रिभोलुसनरी गार्डसले साउदी अरबको सुन्नी समूहद्वारा संरक्षण दिइदै आएको एक इरानी लडाकू समूह नै घटनामा जिम्मेवार रहेको बताएको छ ।

सेना तथा सर्वसाधारणमाथि शनिबार गोली चलाउने समूह अहभाजी आन्दोलनसँग सम्वद्ध रहेको गार्डसका प्रवक्ता रामेजान सरीफले आइएसएनएलाई बताए ।
विदेशमन्त्री जरीफले आक्रमणको तत्काल र निर्णायक जवाफ दिइने बताए ।

यसैबीच इरानको निकट सहयोगी मानिने रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटनापछि एक शोक सन्देश पठाउँदै आक्रमणको निन्दा गरेका छन् । इरानमा भएको कठोर आक्रमणले आफुलाई निकै दुःखी तुल्याएको उनले बताए ।

रूसी राष्ट्रपतिले भनेका छन् “यो घटनाले एक पटक फेरि आतङ्कवादविरुद्ध सम्झौताहीन युद्धको आवश्यकताको स्मरण गराएको छ ।”

खुजेस्थान तत्कालिन इराकी शासक सद्दाम हुसेनका समय अर्थात् सन् १९८० मा इरान र इराकबीचको प्रमुख युद्धस्थल हो । यहाँ सन् २००५ देखि सन् २०११ सम्म पनि युद्धका घटना भएका थिए ।तर उक्तस्थान सन् २०११ पछि भने निकै शान्त रहँदै आएको थियो ।

वि.सं.२०७५ असोज ७ आइतवार ०९:५८ मा प्रकाशित

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...