back

१६ करोड लगानी चितवनमा तरकारी बजार शुरु

वि.सं.२०७५ असोज ७ आइतवार

336 

shares
GLOBAL IME AD
NTC AD


७ असोज, चितवन  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक विकासमा एकता र सङ्कल्प गर्नुपर्ने बताएका छन् ।

कृषि प्रवद्र्धन बजार विकास प्रालिले यहाँ निर्माण गरेको भरतपुर महानगर फलफूल तथा तरकारी बजारको आज उद्घाटन गर्दै उनले कृषिमा आधुनिकता र व्यावसायिकताका निम्ति बजार व्यवस्थापन महत्वपूर्ण हुन्छ भन्दै राम्रो, व्यवस्थित, कृषक र उपभोक्ता नठगिने बजार भएमा मात्रै उत्पादन बढाउन सकिने बताए ।

हालै आफू चीन र भारतको भ्रमणमा जाँदा त्यहाँका उच्च अधिकारीले समेत भरतपुर महानगरको विकासमा चासो व्यक्त गरेको जानकारी दिँदै उनले राप्ती र नारायणीको किनारबाट चक्रपथ निर्माण गरी नेपालकै नमूना महानगरपालिका बनाउनुपर्ने तथा दुवै नदीको पानीको उपयोग गरी जलयात्रा र पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डेले व्यावसायिक रुपमा एउटा क्षेत्रमा एउटा कृषि उत्पादन गर्न सकिएमा स्वदेशलाई धानेर निर्यात गर्न सकिने बताए । यहाँका ६६ व्यवसायीको लगानीबाट तरकारी बजारको निर्माण गरिएको हो । हालसम्म रु १४ करोड खर्च भइसकेको प्रालिका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताए । उनका अनुसार बजारमा सडक कालोपत्रलगायत काम बाँकी छ । सबै काम सम्पन्न गर्दा रु १६ करोड लगानी हुने अनुमान छ । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिघा जग्गा भाडामा लिएर २२० कक्षसहितको सुविधासम्पन्न बजार निर्माण गरिएको हो । फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको सक्रियतामा कृषि प्रवद्र्धन बजार विकास प्रालि निर्माण गरेर थोक तथा खुद्रा बजार बनाइएको हो । तरकारी बजारमा चिया खाजाका लागि दुई खाजाघर, शौचालय, पर्याप्त पार्किङस्थल र खानेपानीको व्यवस्था छ ।

प्रालिका अध्यक्ष शालिग्राम घिमिरेले काठमाडौँको कालीमाटी बजारभन्दा व्यवस्थित बजार आफूहरुले निर्माण गरेको जिकिर गरे । उनले भने, “कालीमाटीमा ४० रोपनी जग्गा छ, हाम्रो ३९ रोपनी छ तर त्यहाँको भन्दा धेरै सटर र व्यवस्थित हामीले बनाएका छौँ ।” गत फागुनदेखि निर्माण शुरु गरिएको बजार छोटो अवधिमै सम्पन्न भएको हो ।

वि.सं.२०७५ असोज ७ आइतवार २०:०९ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...