back
CTIZAN AD

१६ करोड लगानी चितवनमा तरकारी बजार शुरु

वि.सं.२०७५ असोज ७ आइतवार

768 

shares


७ असोज, चितवन  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक विकासमा एकता र सङ्कल्प गर्नुपर्ने बताएका छन् ।

कृषि प्रवद्र्धन बजार विकास प्रालिले यहाँ निर्माण गरेको भरतपुर महानगर फलफूल तथा तरकारी बजारको आज उद्घाटन गर्दै उनले कृषिमा आधुनिकता र व्यावसायिकताका निम्ति बजार व्यवस्थापन महत्वपूर्ण हुन्छ भन्दै राम्रो, व्यवस्थित, कृषक र उपभोक्ता नठगिने बजार भएमा मात्रै उत्पादन बढाउन सकिने बताए ।

हालै आफू चीन र भारतको भ्रमणमा जाँदा त्यहाँका उच्च अधिकारीले समेत भरतपुर महानगरको विकासमा चासो व्यक्त गरेको जानकारी दिँदै उनले राप्ती र नारायणीको किनारबाट चक्रपथ निर्माण गरी नेपालकै नमूना महानगरपालिका बनाउनुपर्ने तथा दुवै नदीको पानीको उपयोग गरी जलयात्रा र पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डेले व्यावसायिक रुपमा एउटा क्षेत्रमा एउटा कृषि उत्पादन गर्न सकिएमा स्वदेशलाई धानेर निर्यात गर्न सकिने बताए । यहाँका ६६ व्यवसायीको लगानीबाट तरकारी बजारको निर्माण गरिएको हो । हालसम्म रु १४ करोड खर्च भइसकेको प्रालिका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताए । उनका अनुसार बजारमा सडक कालोपत्रलगायत काम बाँकी छ । सबै काम सम्पन्न गर्दा रु १६ करोड लगानी हुने अनुमान छ । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिघा जग्गा भाडामा लिएर २२० कक्षसहितको सुविधासम्पन्न बजार निर्माण गरिएको हो । फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको सक्रियतामा कृषि प्रवद्र्धन बजार विकास प्रालि निर्माण गरेर थोक तथा खुद्रा बजार बनाइएको हो । तरकारी बजारमा चिया खाजाका लागि दुई खाजाघर, शौचालय, पर्याप्त पार्किङस्थल र खानेपानीको व्यवस्था छ ।

प्रालिका अध्यक्ष शालिग्राम घिमिरेले काठमाडौँको कालीमाटी बजारभन्दा व्यवस्थित बजार आफूहरुले निर्माण गरेको जिकिर गरे । उनले भने, “कालीमाटीमा ४० रोपनी जग्गा छ, हाम्रो ३९ रोपनी छ तर त्यहाँको भन्दा धेरै सटर र व्यवस्थित हामीले बनाएका छौँ ।” गत फागुनदेखि निर्माण शुरु गरिएको बजार छोटो अवधिमै सम्पन्न भएको हो ।

वि.सं.२०७५ असोज ७ आइतवार २०:०९ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...