back
CTIZAN AD

नारायणगढ–मुुग्लिन सडक तीन ठाउँमा भासियो,एकतर्फी मात्रै सवारी गुडे

वि.सं.२०७५ असोज ७ आइतवार

723 

shares

७ असोज, चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर लामो सडक भासिएको छ ।

सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो । करीब २० सेन्टिरमिटर भासिएको छ । सडक विस्तार गर्दा छेउपट्टीबाट पर्खाल लगाइएको थियो । फेदबाट त्रिशूलीको बहाबले धक्का दिइरहेकाले भासिनुका कारण थाहा हुन सकेको छैन ।

सोही सडकको १७ किलोमा ४० मिटर भासिएको छ । सो ठाउँमा विसं २०६० मा ‘स्वायल रक एङ्करिङ्ग’ गरिएको थियो । एङ्करिङ्गले काम गर्न छाडेपछि भासिएको अनुमान गरिएको छ । सडक छ मिटर चौडाइ र दुई मिटर गहिराइ भासिएको छ । वर्षात्को समय भएकाले अहिले नै के गर्ने भन्ने विषयमा निर्णय लिन नसकिएको बिसुरालले बताए ।

नारायणगढबाट आठ किलोमिटरको दूरीमा रहेको भतेरीमा ५० मिटर सडक भासिएको छ । सो ठाउँमा एक दशमलब पाँच मिटर चौडा सडक भासिएको छ । ‘ग्याभिनवाल’ लगाएर सडक विस्तार गरिएको थियो । पर्खालसमेत लच्किएर बसेको छ । माटो भरेका कारण पुनः तलबाटै बनाउनु पर्ने सुझाव प्राविधिकले दिएका छन् । तीनवटै ठाउँमा ठेकेदार कम्पनीको बीमा हुने भएकाले काम शुरु भएको छैन ।

परामर्शदाता कम्पनीका विज्ञ समूहले सडक भासिनुका कारण अध्ययन गरिरहेको बिसुरालले बताए । सडक निर्माणको कार्य हालै सम्पन्न भए पनि एक वर्षसम्म बिग्रे भत्केमा निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ ।

सो सडकलाई तीन भागमा विभाजन गरेर ठेक्का दिइएको थियो । तीनवटै ठेकेदार कम्पनीका क्षेत्रमा सडक भासिएको हो । ती ठाउँ र भासिएका ठाउँमा एकतर्फी मात्रै सवारी गुडेका छन् ।

वि.सं.२०७५ असोज ७ आइतवार २०:१५ मा प्रकाशित

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...