back
CTIZAN AD

साउदी अरबको सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै

वि.सं.२०७५ असोज ८ सोमवार

654 

shares

८ असोज, रियाद, साउदी अरब । साउदी अरबको सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढ्न थालेको छ ।

साउदी अरबको इतिहासमा महिलाद्वारा साँझको समाचार वाचन नहुने गरेकोमा वेयम अल ढखिलले साउदी टेलिभिजन च्यानल–१ मा समाचार वाचन गरी सञ्चारमाध्यममा साउदी महिलाको आकर्षण बढेको पुष्टि गरेका हुन् ।

ढखिलले राज्य सञ्चालित साउदी टेलिभिजन च्यानलका समाचार वाचक ओमार अल नशवानको छेउमा बसी शनिबार साँझको बुलेटिन पढ्नुभएको यहाँको खलिज टाइम्सको आइतबारको अङ्कमा उल्लेख छ ।

जमुनाह अलशामी दुई बर्ष पहिले अर्थात् सन् २०१६ मा साउदी अरबमा बिहानको समाचार बाचन गर्ने पहिलो महिला भनेकी थिइन् ।

साउदी टिभीको आधिकारिक ट्वीटर च्यानलमार्फत ढखिल पहिलो रात्रि बुलेटिन प्रस्तोता बनेको भनी उल्लेख गरिएको छ ।

महिलामाथिका प्रतिबन्धलाई खुकुलो पार्ने र राजतन्त्रात्मक मुलुकको अर्थतन्त्रलाई उर्जा बाहेकका क्षेत्रबाट योगदान गर्ने साउदी अरेबियाज भिजन २०३० सुधार कार्यक्रम अन्तर्गत पछिल्ला दिनहरूमा यहाँको प्रशासनले कडा नियमलाई केही खुकुलो पार्दै लान थालेको छ ।

साउदी अरबका राजकूमार मोहम्मद विन सलमानले गत बर्षदेखि महिलाको सहभागितालगायतका बिषयमा रहेको कडा नियमलाई हटाउँन शुरु गरेका हुन् ।

केही हप्ता पहिले रियादस्थित फ्लाइनस विमान कम्पनीले साउदी महिलालाई सार्वजनिक क्षेत्रमा प्रोत्साहन गर्ने कार्यक्रम स्वरूप विमानको सहचालक तथा परिचारिका भर्ना गर्ने बताएको थियो ।

जुन महिनादेखि साउदी महिलाले सवारी चलाउन नपाउने कानूनमा सुधार गरिएको थियो । यस पहिले साउदी महिलाले निजी वा सार्वजनिक कुनै कार वा गाडी चलाउन रोक लगाइएको थियो ।

गत मार्चमा साउदी अरबले इतिहासमा नै पहिलो पटक महिला तथा किशोरीहरूको दौडको आयोजना गरेको थियो । यस पहिले साउदी अरबमा खेलकूद क्षेत्रमा महिलाले सहभागिता जनाउँदैनथे । ऐतिहासिक पहिलो दौड प्रतियोगितामा एक हजार ५०० महिलाले सहभागिता जनाएका थिए ।

वि.सं.२०७५ असोज ८ सोमवार ०८:५६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...