back
CTIZAN AD

युद्धविराम भङ्ग भएकोमा राष्ट्रसंघ प्रमुखद्वारा चासो व्यक्त

वि.सं.२०७५ असोज ८ सोमवार

729 

shares

८ असोज, त्रिपोली, लिबिया ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसद्वारा लिबियाको राजधानी त्रिपोलीमा पटकपटक युद्धविराम भङ्ग गरेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघको पहलमा केही समय पहिले अर्थात् अगस्ट २६ मा युद्धविराम भएको थियो ।

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, “त्रिपोलीमा विभिन्न सशस्त्र समूहलाई समेटेर युद्धविराम गरिएको तर पछिल्ला केही हप्ता यता युद्धविराम भङ्गका घटना बढेकोप्रति राष्ट्रसंघ प्रमुख गुटेर्रेस चिन्तित हुनुहुन्छ ।”

राष्ट्रसंघका विशेष प्रतिनिधि घसन सलामको पहलमा भएको युद्धविरामलाई युद्धरत पक्षद्वारा पूर्णरूपमा पालना गर्न र सर्वसाधारणलाई प्रभावित हुनबाट जोगाउन वक्तब्यमा भनिएको छ ।

आइतबार लिबियाली एक मन्त्रीले गत शुक्रबार दुई शसस्त्र समूहबीच भएको भिडन्तमा १० जनाको मृत्यु भएको बताउनुभएपछि वक्तव्य जारी गरिएको हो । घटनामा सर्वसाधारणसहित ५९ जना घाइते भएका बताइएको छ ।

राष्ट्रसङ्घले युद्धविराम भएको गत अगस्ट २६ पछि त्रिपोलीमा भएका युद्धविराम भङ्गका घटनामा कम्तीमा १०६ जनाको मृत्यु भएको जनाएको छ ।

वि.सं.२०७५ असोज ८ सोमवार ०९:०० मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...