back

डेरी उद्योगमा २० अर्ब भन्दा बढी लगानी, ३० हजार युवालाई रोजगारी

वि.सं.२०७५ असोज ८ सोमवार

315 

shares
GLOBAL IME AD
NTC AD

कृष्ण दर्नाल ८ असोज, पाल्पा । डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ ।

नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो । पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा आकर्षण बढेपछि डेरी उद्योग फस्टाएको छ । डेरी उद्योग फस्टाउँदा उपभोक्ताले घरघरमा दूध पाउन थालेका हुन् ।

नेपाल डेरी एशोसिएशन केन्द्रीय समितिका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा डेरी उद्योगमा लगानी बढ्दा बेरोजगार युवाले डेरीबाट रोजगार पाउन सफल भएको बताएका छन् । डेरी उद्योगको विकासका लागि २० अर्बभन्दा बढी लगानी रहेको र दैनिक ५० हजार लाख लिटर दूध उत्पादन हुनेमा फर्मल सेक्टरमा १७ र इनफर्मलमा ३३ प्रतिशत र किसान स्वयंले उपभोग गर्ने ५० प्रतिशत दूध खर्च हुने गरेको उहाँले उल्लेख गरे ।

महासचिव प्रल्हाद दाहालका अनुसार दैनिक रु तीन करोडभन्दा बढी रकम शहरबाट गाउँमा प्रवाह हुँदै आएको छ । वार्षिक एक अर्ब राजश्व डेरी क्षेत्रबाट सरकारलाई बुझाउने गरिएको महासचिव दाहालको भनाइ छ ।

विदेशी लगानीमा डेरी उद्योगको सञ्चालन गरेको अवस्थामा स्वदेशी डेरी उद्योगहरु धराशायी हुने उद्योगीको धारणा रहेको छ । डेरी एशोसिएसनले विदेशी लगानीमा स्वदेशमा डेरी उद्योग सञ्चालनमा आएमा चार लाख ५० हजार किसानको घरपरिवारको रोजीरोटी गुम्न सक्ने अवस्था प्रति सचेत गराएका छन् । डेरी क्षेत्रमा रु २० अर्बको लगानी जोखिम हुने र स्वदेशी पैसा विदेशिन सक्छ भन्दै विदेश लगानीलाई नेपाली भूमिमा प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्ने पक्षमा छैनन् ।

श्रम ऐन २०७५ पास भई न्यूनतम पारिश्रमिकमा वृद्धि हुन गएकाले र बैंकको ब्याज दर बढ्न गई आर्थिक भार बढ्न गएको, घर भाडा बढेर आर्थिक भार बढ्न गएको डेरी व्यवसायीको भनाइ छ । विसं २०५५ मा नेपाल डेरी एशोसिएशन नेपालको स्थापना भएको हो । हाल डेरी उद्योग ७७ जिल्ला शाखा विस्तार भएको छ । यस संस्थामा देशभरका २५० भन्दा बढी उद्योग आबद्ध छन् ।

वि.सं.२०७५ असोज ८ सोमवार ०९:१७ मा प्रकाशित

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह...

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व...