back
CTIZAN AD

मृत्यूबोध

वि.सं.२०७५ असोज ९ मंगलवार

627 

shares

जब निथ्रिदै जान्छ तागत
दम्भका पर्खालहरु
आफसेआफ भत्किदारहेछन्
आवेगका लप्काहरु
क्रमैसँगै सँग सेलाउदा रहेछन्
कमजोरीको कुवा जमेपछि तनमा
मनका विकारहरु
परेलीका नदी बन्दा रहेछन्

पीडा नै पीडा दर्किएर
झरी बनेपछि भासिदारहेछन
एकसे एक घमण्डका चुलीहरु
एउटा सुदुरमा छुटेको याद
पुरानो घुर्मइलो सम्झना
भीडै भीडैभित्र रुमलिइँदै
घरि घरि आउदोरहेछ ।

चिसिदै गएपछि नशाका रगतहरु
इष्र्याको ज्वाला बरफ बन्दोरहेछ ।
आकाश परिक्रमा गर्न उचालिएका पाइलाहरु
गरुगा भएर अनायास झर्दारहेछन
धर्तिमा
जव हुन्छ मृत्यूबोध
काडाहरु कोमल भएर नुङ्गदारहेछन्
अस्ताउदै गर्दा
घाम पनि शितल हुदोरहेछ
आगो खरानीहुदै
पानी बन्दोरहेछ
साच्चिकै मान्छे भित्र
एउटा देव जन्मदोरहेछ ।

वि.सं.२०७५ असोज ९ मंगलवार १३:२१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...

कविता : मान्छे बनोस् कामना

कविता : मान्छे बनोस् कामना

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल - भारत आगामा जल प्राण...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

कविता : वृत्त महिमा

कविता : वृत्त महिमा

हृषीकेश बराल पोखरा -२६ , कास्की भाषा चल्छन्,गति यति लिई,अर्थ...

कविता : आमा नरोउन् अब

कविता : आमा नरोउन् अब

रामशरण न्यौपाने “पाँचघरे” भक्तपुर आमा हुन् घरकी दियो प्रखर जो...