back

मृत्यूबोध

वि.सं.२०७५ असोज ९ मंगलवार

330 

shares
GLOBAL IME AD
NTC AD

जब निथ्रिदै जान्छ तागत
दम्भका पर्खालहरु
आफसेआफ भत्किदारहेछन्
आवेगका लप्काहरु
क्रमैसँगै सँग सेलाउदा रहेछन्
कमजोरीको कुवा जमेपछि तनमा
मनका विकारहरु
परेलीका नदी बन्दा रहेछन्

पीडा नै पीडा दर्किएर
झरी बनेपछि भासिदारहेछन
एकसे एक घमण्डका चुलीहरु
एउटा सुदुरमा छुटेको याद
पुरानो घुर्मइलो सम्झना
भीडै भीडैभित्र रुमलिइँदै
घरि घरि आउदोरहेछ ।

चिसिदै गएपछि नशाका रगतहरु
इष्र्याको ज्वाला बरफ बन्दोरहेछ ।
आकाश परिक्रमा गर्न उचालिएका पाइलाहरु
गरुगा भएर अनायास झर्दारहेछन
धर्तिमा
जव हुन्छ मृत्यूबोध
काडाहरु कोमल भएर नुङ्गदारहेछन्
अस्ताउदै गर्दा
घाम पनि शितल हुदोरहेछ
आगो खरानीहुदै
पानी बन्दोरहेछ
साच्चिकै मान्छे भित्र
एउटा देव जन्मदोरहेछ ।

वि.सं.२०७५ असोज ९ मंगलवार १३:२१ मा प्रकाशित

कविता : वृद्ध -गाथा

कविता : वृद्ध -गाथा

राम शरण न्यौपाने,भक्तपुर झुल्केघामसँगै हिमाल चुचुरा हाँस्छन् जसै सुन्दर ऊर्जा...

कविता : नारी जागौँ

कविता : नारी जागौँ

कल्पना अधिकारी,टोखा काठमाडौं नारी बने शिक्षित सभ्य पात्र । बन्दैन...

कविता : डेमागग र रबल राउजरहरु

कविता : डेमागग र रबल राउजरहरु

निम्बतरु,अर्घाखाँची डेमागग र रबल राउजरहरू प्रशस्त हामी सोझा हेरेको हेर्यै...

कविता : मन छैन साथ

कविता : मन छैन साथ

उत्तमकुमार पोखरेल, भक्तपुर के के सुने सहरमा, कति सत्य होला...

कविता : म र भ्रष्टाचार

कविता : म र भ्रष्टाचार

दीनानाथ पोख्रेल, इलाम म व्यक्ति अति अग्लो छु, पदले धनले...

कविता : रिस

कविता : रिस

उत्तम विचार, नुवाकोट रिस हो निजको शत्रु गरौँ विनाश खोज्दछ...