back

मान्छेले मान्छे हुनै बिर्सियो भने

वि.सं.२०७५ असोज ९ मंगलवार

282 

shares
GLOBAL IME AD
NTC AD

तिम्रो नसामा बगेको आमाको पवित्र रगतले
सकेनौं तिमी भित्रको मानवता जगाउन
तिमीले धरती छोएको दिनदेखि
प्रत्येक दिन मरेका आमाका प्रेमका रंगहरुले
सकेन तिमी भित्रको मानवता जगाउन
दूधको बदला विष ओकलेर
आमाको प्रतिष्ठा धमिल्याउने
दुस्साहस कसरी मिल्यो तिमीलाई
अलिकति उनको सल तान्दा,
अलिकति उनको कपाल तन्दा
अलिकति उनको स्पर्शमा क्रुर नजर पार्दा
सम्झियनौ है एकपलपनी आफ्नो श्रदेय आमालाई
प्रिय बैनीलाई ,प्यारी छोरीलाई
कसरी एकैचोटी दानव भयर पोखियौ
पवित्र प्यारो निर्दोष कोपिला र चुडाइदियौं
पवित्र फक्रन लागेको एक फूललाई
तिम्रो वासनाको भोकले एक सुकु कोपिला नफक्रदै
वास्ना नछर्दै क्षतविक्षत पार्दा
कहा गयो होला तिमी भित्रको छोरोत्व,भातृत्व,एक बाबु,अनी दाजु
तिमी बहुलाएको दिन,केवल तिमी बहुलाएनौ
सारा सहर अनी वस्तुलाई बहुल्याउन पार्यौ
तिम्रो उद्दण्डताको आगोको झिल्कोले
केवल एक फूल डढेन्,हजारौं आमाको सपनाहरु डढे
हजारौं आमाका कोखाहरुले धिक्र्कान बाध्य भए
हजारौ दिदीका हातहरू चल्न छाडे
लाखौं बहिनीहरूका खुट्टाहरू रोकिए
लाज,सरम,र डरले
थुप्रै छोरीहरूका मुटुहरु रोकिए
तिमी भित्रको दानवता जागेको बेला
न, पृथ्वीले लाज छोप्न सकिन्
न आकाश ले लाज ढाक्न सकिन्
क्षितिजमा टासिन पुगेको घाम हेर्दै
आफ्नो उमेरको हिसाब किताबमा
सधैं सुन्य पाएकी आमाले
तिम्रो दानवताको उग्र रुप लाचार भएर हेर्नुपर्यो
लाग्छ, तिमीजस्तै दानवता हुर्केर यहाँ
प्रत्येक लोग्ने मान्छेले
भाइभित्रको भाइ हराइदियो भने
दाइले दाइ भित्रको दाइ हराइदियो भने
अनि बा ले बा नै हुन् बिर्से भने
मान्छेले मान्छे हुनै विर्से भने
एकदिन यो सुन्दर मानवता
क्रुर प्राणीमा रुपान्तरित भइदियो भने।।

वि.सं.२०७५ असोज ९ मंगलवार १३:४६ मा प्रकाशित

कविता :ज्ञाननिधि

कविता :ज्ञाननिधि

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम हाम्रा ज्येष्ठ अथाह ज्ञान निधि हुन्...

कविता : के हुन्न यो मुलुकमा पसिना बगाए

कविता : के हुन्न यो मुलुकमा पसिना बगाए

कविराज घिमिरे, भक्तपुर पैसा यहीँ छ श्रमले जब दाउ पायो...

कविता : भन्देउ न, पैसा कसले बनायो ?

कविता : भन्देउ न, पैसा कसले बनायो ?

उत्तम विचार, नुवाकोट सर्वस्व हो दौलत ठान्छ कोही अभावमा जीवन...

झिल्का कविता

झिल्का कविता

गुणनिधि घिमिरे, अमेरिका १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस्...

कविता : प्रणय दिवस

कविता : प्रणय दिवस

जानुका गुरुगाईँ, झापा, हाल -भक्तपुर चिन्तन अतिशय, अनुपम गरिए प्रेमरस...

युध्द नभएको भए !

युध्द नभएको भए !

हो महासय हो युध्द नभएको भए थुप्रै दुखहरू व्यहोर्नु पर्ने...