back
CTIZAN AD

वालिङ–हुवास सडकमा अस्थायी ट्राफिक पोस्ट स्थापना

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.1K 

shares

४ कात्तिक,फलेवास (पर्वत)। बढ्दो सवारी चाप व्यवस्थापनका लागि दक्षिण पर्वतको हुवासमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरिएको छ ।

वालिङ–हुवास–बर्राचौर सडकखण्डअन्तर्गत हुवासमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरिएको हो । उक्त सडकखण्डमा वालिङ हुँदै पोखरा, बुटवल, नारायणघाट, काठमान्डौँका लागि लामो दूरीका आठ बस तथा छोटो दूरीका दर्जनौँ जिप सञ्चालनमा रहेका छन् ।

हुवासमा इलाका प्रशासन कार्यालयको सेवारम्भ भएसँगै सवारी र यात्रुको सङ्ख्यामा पनि वृद्धि हुँदै जाँदा हुनसक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी पोस्टले नियन्त्रणको भूमिका खेल्ने इप्रका हुवासका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताउनुभयो ।

अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि स्थानीय समाजसेवी डिल्लीराम न्यौपानेले जग्गादान गर्नुभएको छ भने भवनको सौजन्य पैयूँकालिका हार्डवेयरका सञ्चालक नरभूपाल काफ्लेले गर्नुभएको छ । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०७:५९ मा प्रकाशित

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...