back

वालिङ–हुवास सडकमा अस्थायी ट्राफिक पोस्ट स्थापना

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

726 

shares
IME Limited
NTC AD

४ कात्तिक,फलेवास (पर्वत)। बढ्दो सवारी चाप व्यवस्थापनका लागि दक्षिण पर्वतको हुवासमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरिएको छ ।

वालिङ–हुवास–बर्राचौर सडकखण्डअन्तर्गत हुवासमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरिएको हो । उक्त सडकखण्डमा वालिङ हुँदै पोखरा, बुटवल, नारायणघाट, काठमान्डौँका लागि लामो दूरीका आठ बस तथा छोटो दूरीका दर्जनौँ जिप सञ्चालनमा रहेका छन् ।

हुवासमा इलाका प्रशासन कार्यालयको सेवारम्भ भएसँगै सवारी र यात्रुको सङ्ख्यामा पनि वृद्धि हुँदै जाँदा हुनसक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी पोस्टले नियन्त्रणको भूमिका खेल्ने इप्रका हुवासका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताउनुभयो ।

अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि स्थानीय समाजसेवी डिल्लीराम न्यौपानेले जग्गादान गर्नुभएको छ भने भवनको सौजन्य पैयूँकालिका हार्डवेयरका सञ्चालक नरभूपाल काफ्लेले गर्नुभएको छ । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०७:५९ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...