back
CTIZAN AD

एनआरएनए अध्यक्ष शेष घलेद्वारा झापामा विद्युतीय पुस्तकालयको उद्घाटन

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.1K 

shares

elibraey2

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. शेष घलेले झापाको महेन्द्र मावि जलथल ६ मा स्थापना भएको विद्युतीय पुस्तकालय (इलाइब्रेरी) तथा कृषि सूचना केन्द्रको उद्घाटन गर्नु भएको छ ।

असोज २२ गते एक भव्य समारोहकाबीच गरिएको उद्घाटन कार्यक्रममा डा. घलेले अबको यूग व्यवसायिक, प्राविधिक र सीपमूलक शिक्षाको समय भएको बताउनु भयो । साथैे यस विद्युतीय पुस्तकालय तथा कृषि अनुसन्धान केन्द्रलाई अन्तर्राष्ट्रिय संजालमा जोड्नका लागि आवश्यक सबै प्रकारका पहल र सहयोग गर्ने प्रतिबद्धता समेत घलेले जनाउनु भएको छ ।
सोही कार्यक्रममा यस क्षेत्रमा रहेका दृष्टि विहिनहरुबाट बुझाएको ज्ञापन पत्र बुझ्दै, यूरोपियन बैठकमा दृष्टि विहिनहरुका लागि सुरु भएको ट्रष्टमार्फत सहयोगका लागि पहल गर्न यूरोप का संयोजक  कुल आचार्य ज्यूलाई , ज्ञापन पत्र जिम्मा लाउनु भयो ।
कार्यक्रमलाई संम्बोधन गर्दै सांसद अमृतलाल राजवंशीले यस बिद्युतीय पुस्तकालय संञ्चालनमा अबरोध नहोस् भनि आफ्नो सांसद कोषको रकमबाट सोलार प्यानल जडान गरिदिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसैबीच एनआरएनएका उपाध्यक्ष कुमार पन्तले राजनितिक र सामाजिक रुपमा सचेत जिल्ला मानिएको झापामा एनआरएनएको पहिलो कार्यक्रम भएको र यस्ता कार्यक्रमहरुमा आफ्नो सदैव साथ र सहयोग रहने विश्वास दिलाउनु भयो ।
त्यस्तै एनआरएनए यूरोप संयोजक कुल आचार्यले यस्ता रचनात्मक कार्यक्रमहरुमा सधै साथ रहने बताउँदै यस पुस्तकालयलाई अपांग मैत्री बनाउन कुनै कसर बाँकी नराख्ने कुरा बताउनु भयो । साथै नेपाल लाइब्रेरी फाउण्डेसन यूरोप संयोजक सोम सापकोटाले आवश्यक प्राविधिक सहयोग निरन्तर रहने जानकारी गराउनु भयो ।
उक्त अवसरमा एनआरएनएका उत्तर अमेरिका संयोजक सोनाम लामा तथा आयरल्याण्डका निवर्तमान अध्यक्ष गणेश प्रसाईको समेत उपस्थिति थियो ।
उक्त विद्यालयका भू.पु.विद्यार्थी एनआरएनए डेनमार्कका निवर्तमान अध्यक्ष तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि दीपक सापकोटाको सकृय अग्रसरतामा स्थापित उक्त बिद्युतीय पुस्तकालयमा जिल्ला शिक्षा कार्यालय झापाका ,गैर आवासीय नेपालीहरु तथा स्थानिय संघ सस्था, समाजसेवी, बुद्धिजिवीहरुको करिब ७५ लाखको लागतमा भव्य दुइतले भवन सहितको विद्युतीय पुस्तकालयको तथा प्रस्तावित कृषि सूचना केन्द्रको निर्माण भएको हो ।

elibraey1
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाराम खरेलले बिद्युतीय पुस्तकालयको अवधारणा तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस लाइब्रेरीका अवधारणाकार दीपक सापकोटाले प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुलाई स्वागत गर्दै नेपालको सबैभन्दा होचो भूभाग केचनाको “कचनकवल”को स्तम्भ सहितको तस्वीर मायाको चिनो स्वरुप अतिथि तथा विशिष्ट अतिथिहरुलाई प्रदान गर्नु भयो ।
सो अवसरमा दाताहरुलाई कदरपत्र सहित दोसल्ला ओढाई बिद्युतीय पुस्तकालयका संयोजक तथा कार्यक्रमका सभाध्यक्ष जनार्दन उप्रेती र आर्थिक समिति संयोजक श्री होमप्रसाद चुडालले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
उक्त कार्यक्रमको संञ्चालन विद्यालयका शिक्षकसीताराम खरेलले गर्नु भएको थियो भने ,गा.वि.स. प्रतिनिधि जयप्रसाद पोखरेल तथा विभिन्न राजनैतिक दलहरुबाट गा.वि.स. संयन्त्रमा प्रतिनिधित्व गर्ने सदस्यहरुले बोल्ने क्रममा यस लाइब्रेरीको स्थायीत्व र विकासका लागि आवश्यक सहयोग गर्न कति पनि कञ्जुस्याँई नगर्ने प्रबिद्धता जनाउनु भयो ।
सोहि अवसरमा विद्यालयका वालवालिकाहरुले स्थानिय मेचे जातिको सांस्कृतिक नृत्यका साथै अन्य रोचक नृत्यहरु प्रस्तुत गरेका थिए ।

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०८:३९ मा प्रकाशित

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...