Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्रीको गोवा भ्रमण सफल र फलदायी भएको माओवादी केन्द्रको निष्कर्ष



_dsc9781

४ कात्तिक, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को बिहीबार बसेको कार्यालयको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको तीन दिने गोवा भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको छ ।
बिहीबार बिहान निजी निवास लाजिम्पाटमा बसेको बैठकले भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘आजको बैठकमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गोवा भ्रमणबारे जानकारी गराउनु भयो । चीन, भारत, भुटान, श्रीलंका लगायतका देशका राष्ट्र तथा सरकार प्रमूखहरुसँगको भेटबारे प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनु भयो । सबैसँग भएका छलफल र भेटबार्ता निकै फलदायी र सकारात्मक रहेको निष्कर्ष बैठकले निकालेको छ ।’
प्रवक्ता भुसालका अनुसार नेपाल बिमस्टेकको अध्यक्ष हुनुको नाताले पनि अन्तर्राष्ट्रिय फोरममा आफ्ना कुरा प्रभावकारी ढंगले राख्ने अवसर मिलेको जानकारी दिँदै नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमूखबीच भएको त्रिपक्षीय आकस्मिक भएपनि नेपालका लागि सुखद् संयोग र महत्वपूर्ण अवसर भएको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकले त्रीदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दुरगामी महत्वको भन्दै समग्रमा प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको हो । फरक प्रसङ्गमा प्रवक्ता भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्तविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गरेर आवश्यक निर्णय लिने जानकारी दिनुभयो ।


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.