back
CTIZAN AD

प्रधानमन्त्रीको गोवा भ्रमण सफल र फलदायी भएको माओवादी केन्द्रको निष्कर्ष

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

909 

shares

_dsc9781

४ कात्तिक, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को बिहीबार बसेको कार्यालयको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको तीन दिने गोवा भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको छ ।
बिहीबार बिहान निजी निवास लाजिम्पाटमा बसेको बैठकले भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘आजको बैठकमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गोवा भ्रमणबारे जानकारी गराउनु भयो । चीन, भारत, भुटान, श्रीलंका लगायतका देशका राष्ट्र तथा सरकार प्रमूखहरुसँगको भेटबारे प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनु भयो । सबैसँग भएका छलफल र भेटबार्ता निकै फलदायी र सकारात्मक रहेको निष्कर्ष बैठकले निकालेको छ ।’
प्रवक्ता भुसालका अनुसार नेपाल बिमस्टेकको अध्यक्ष हुनुको नाताले पनि अन्तर्राष्ट्रिय फोरममा आफ्ना कुरा प्रभावकारी ढंगले राख्ने अवसर मिलेको जानकारी दिँदै नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमूखबीच भएको त्रिपक्षीय आकस्मिक भएपनि नेपालका लागि सुखद् संयोग र महत्वपूर्ण अवसर भएको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकले त्रीदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दुरगामी महत्वको भन्दै समग्रमा प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको हो । फरक प्रसङ्गमा प्रवक्ता भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्तविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गरेर आवश्यक निर्णय लिने जानकारी दिनुभयो ।

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०९:०७ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...