back
CTIZAN AD

रोहिङ्ग्या शरणार्थीलाई चाँडै स्वदेश फर्काउ – प्रधानमन्त्री हसिना

वि.सं.२०७५ असोज १२ शुक्रवार

528 

shares

१२ असोज, संयुक्त राष्ट्रसंघ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा रहेका म्यान्मारका रोहिङ्ग्या शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

उनले संयुक्त राष्ट्रसंघको महासभामा म्यान्माली शरणार्थीहरुलाई जतिसक्दो चाँडै घर फर्काउने वातावरणका लागि धारणा राख्नुभएको न्युयोर्कबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

बर्षदिन बितीसक्दा पनि म्यानमार पक्षबाट आफ्नो देशका नागरिकलाई स्वदेश फर्काउने बारेमा कुनै भरपर्दो र दिगो रुपमा पहल नै नभएको भन्दै दुःख व्यक्त पनि गरेको बताइएको छ ।

उनले भने – म्यान्मार पनि हाम्रो छिमेकी नै हो र हामीले विगत लामो समयदेखि नै रोहिङ्ग्या शरणार्थीहरुलाई स्वदेश फिर्ता गर्नका लागि भरपर्दो र शान्तिपूर्ण समाधान पनि खोजेका छौँ तर पनि त्यसो हुन सकिरहेको छैन ।

यसका लागि पहलहरु पनि नभएका होइनन र करिब तीन पटकसम्म द्धिपक्षीय वार्ता पनि भएको छ तर ती वार्तापछि पनि शरणार्थी स्वदेश फर्काउने वातावरण भने बन्न सकिरहेको छैन– उनले भने ।

प्रधानमन्त्री हसिनाले यसअघि मौखिक रुपमा मात्र म्यान्माली अधिकारीहरुले शरणार्थीहरुलाई स्वदेश फर्काउनका लागि मौखिक सहमति मात्र गरेका छन भन्दै अब भने लिखित सहमतिका साथ कहिलेदेखि उनीहरु स्वदेश फर्किन पाउने हुन भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए ।

उनले भने – यो रोहिङ्ग्या समस्या म्यानमारबाट शुरु भएको हो र यसको समाधानको विकल्प खोज्ने पनि म्यान्मारमा नै हो, त्यसैले शान्तिपूर्ण रुपमा यसको समाधान जतिसक्दो चाँडै खोज्नुप¥यो ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार बङ्गलादेशको म्यान्मारमा ७ लाख २० हजार रोहिङ्ग्या शरणार्थी पुगेका छन । गत वर्षको अगष्ट २५ बाट उनीहरु म्यान्मार छोडेर बङ्गलादेश पुगेका हुन ।

उनीहरुलाई म्यान्मारको सेनाले ज्यादति गरेर लखेटेको शरणार्थीहरुको भनाई छ । तर त्यो स्वीकार्न म्यान्मार सरकार तयार छैन ।

प्रधानमन्त्री हसिनाले उनीहरु अत्यन्तै अँध्यारो भविश्य लिएर त्यहाँ बसिरहेकोले उनीहरुको स्वदेश फिर्तीका लागि पनि विश्व समुदायसहित सबैले ध्यान दिनु जरुरी छ ।

ती शरणार्थीका बालबालिकामा कुपोषण भएको र महिलाहरुले पनि निकै कष्टपूर्ण जीवन बिताउनु परिरहेको बताएका छन । उनीहरुले पाएका दुःखको समाचार निकै लामो समयदेखि आइरहेको भए पनि समस्या समाधानका लागि भने खासै ठोस पहल हुन सकेको छैन ।

वि.सं.२०७५ असोज १२ शुक्रवार १३:५१ मा प्रकाशित

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

बेइजिङ । चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण...

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

नयाँदिल्ली । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको...