१३ असोज, काठमाडौं । राजनीति दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले सातदिने स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौड्यालले सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक दललाई कारबाही किन नगर्ने भन्दै शुक्रबार स्पष्टीकरण काटिएको बताएको आजको राजधानी दैनिकमा समाचार छ ।
प्रमुख एवं राष्ट्रिय दलको मान्यताप्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) र समाजवादी फोरम नेपाल एवं साना दलसहित ११८ राजनीतिक दललाई ७ दिने स्पष्टीकरण मागिएको उनले बताए ।
वि.सं.२०७५ असोज १३ शनिवार ०८:२७ मा प्रकाशित






























