१३ असोज, गोरखा । गोरखकाली रबर उद्योग पूर्णरुपले बन्द भएको चार वर्ष पूरा भयो । २०७१ साल चैत २३ गतेबाट बन्द भएको नेपालकै एकमात्र रबर उद्योग त्यसयता सञ्चालनमा छैन ।
उद्योगमा कार्यरत २३२ मजदुर तथा कर्मचारी भने हाजिर मात्रै गरेर बसेपनि तलब भने पाएका छैनन् । कार्यालयमा ‘हाजिर मात्रै गरेर फर्किन थालेको पनि चार वर्ष भयो,’ उद्योगमा कार्यरत मजदुर ईश्वर परियारले भने, ‘न उद्योग चल्छ, न हामीलाई बिदाई गरिन्छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।
२०४९ सालमा स्थापना भएको नेपालकै एकमात्र टायर उद्योग गोरखकाली रबर उद्योग पूर्णरुपले ठप्प हुँदा लाखौंको लगानी त्यसैखेर जाने अवस्थामा पुगेको छ भने त्यहाँ कार्यरत कर्मचारीहरुको बिचल्ली छ । असार मसान्तसम्मको तलब भत्ता वितरण गर्न २१ करोड ६० लाख ६१ हजार रुपैयाँ आवस्यक पर्छ । उद्योका लेखा अधिकृत दिनेश कार्कीले भने, ‘ उद्योग ठप्प छ कहाँबाट ल्याएर खुवाउनु तलब ?’
वि.सं.२०७५ असोज १३ शनिवार ०८:३६ मा प्रकाशित