
न्यूयोर्क । लामो समयदेखि अमेरिकामा रहँदै आएका सोमनाथ घिमिरेले विराटनगरको समृद्धिमा जोड दिएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको अमेरिका भ्रमणका अवसरमा विराटनगरको सामाजिक, शैक्षिक, औद्योगिक उन्नतीका साथसाथै राजनैतिक इतिहासको केन्द्रका रुपमा प्रबद्र्धन गर्न विराटनगर महानगरपालिका तथा अमेरिकाको न्यूयोर्क महानगरको कार्यालयका बीच थप समझदारी कायम गराउने बताएका छन् ।
विराटनगरका प्रमुख भिम पराजुली केही गरौँ भन्ने भावना भएका र दुरदृष्टि राख्ने नेतृत्व भएकाले न्यूयोर्कसँगको समन्वयमा विराटनगरले लाभ लिन सक्ने कुरा घिमिरेले संसारन्यूजलाई बताएका छन् ।
मेयर पराजुलीसँग विराटनगरमा सँगै पढ्दा देखि नै शिक्षा क्षेत्रमा सँगै संघर्ष गरिएको स्मरण गर्दै घिमिरेले पुनः सँगै मिलेर विराटनगरलाई राम्रो बनाउने अवसर जुटेको बताए ।
वि.सं.२०७५ असोज १३ शनिवार ०८:३७ मा प्रकाशित