back
CTIZAN AD

कसले बिगार्यो देश ?

वि.सं.२०७५ असोज १३ शनिवार

804 

shares

सकेसम्म नकारात्मक कुरा नगरुं भन्ने मन थियो तर आज मन मानेन् । मीत्रहरुसंग माफी माग्दै यति कुरा भन्नै मन लाग्यो ।

देश बिग्रियो भनेर अरुलाई दोष दिन्छौं तर हामी सबै जना आ आफ्नो स्थानमा दोषी छौं ।
शिक्षकहरु नपढाइकन वा झारा टार्ने तरीकाले पढाएर तलब पकाउंछौ । विद्यार्थीहरु पनि सकेसम्म कम पढ्न पाए खुशी हुन्छन् । परीक्षामा कलम टोकेर बस्छन् तर रिजल्ट राम्रो आएन भनेर झगडा गर्छन् । ब्यापारीलाई रातारात नाफा चाहिएको छ, मिसावट गरेर वा नक्कली सामानलाई सक्कली भनेर ग्राहकबाट चर्को मूल्य असुल्छन् । कर्मचारीहरु काम गर्न चाहन्नन् वा काम गरेमा अतिरिक्त भत्ताको आशा गर्छन् वा ग्राहकसँग नजराना असुल्छन् ।

राष्ट्रसेवकको बिल्ला लगाएर राष्ट्रघात गर्छन् । भगवानका दूत मानिने डाक्टरहरु पैसामा मोलमोलाई गर्दै बिरामीलाई दुहुनो भैंसी सरह व्यवहार गर्छन्, मानवता, उत्तरदायित्व र जिम्मेवारीपन बिक्री भइसकेको छ केवल बाँकी छ त पैसा, पैसा, पैसा ।

किसान भनेको सच्चा साथी हो भनिन्छ । उसैले अनाज उत्पादन गरेर सबैलाई बचाउँछ । तर, आजकल अनाजमा विषादीको चरम प्रयोग गरेर खानेकुरा भन्दै बिष बेचिरहेका छन् किसानहरु । चालकको हातमा सयौं यात्र्ुहरुको भविष्य छ, तर चालकको चरम लापरवाहीका कारण बर्सेनी हजारौं यात्रुहरुको अकालमा मृत्यु भइरहेको छ सवारी दुर्घटनाका कारण । नक्कली चालकलाई सक्कली सावरी चालक प्रमाणपत्र दिएर मृत्यु बेचिरहेको सरकारी अड्डा, अनि गोहीको आँसु उनीहरुनै झार्छन् ।

मौका पर्नासाथ सबैजना स्वार्थी भएका छौं । यो कसरी भयो, समाजलाई दोषी देख्नेले आफूलाई दोषी कहिल्यै देख्दैन । नेताहरु जनताको भोटले जित्छन् तर शासन गर्ने बेला दलाल र तस्करको सेवा गर्छन् । बिदेशीको अगाडि लम्पसार पर्छन् । राष्ट्रवादका गफ दिन्छन् । देशका महत्वपूर्ण पदहरु कि त रगतको नातालाई दाइजो दिन्छन् कि त पैसामा बिक्री गर्ने गरिन्छ ।

विद्धान भनाउँदाहरु नेताहरुसामू लम्पसार पर्दछन् । उनीहरु आश र त्रासका कारण सत्यकुरा भन्न डराउँछन । पत्रकार पनि समाचार लुकाएर चाकडीको भाषा मात्रै प्रयोेग गर्दछ र दुनियांलाई गुमराहमा राख्दछ । न्यायालय त पूरै बिक्री केन्द्र भएको छ, पैसा दिए पछि ठूला ठूला अपराधीले पनि सफाई पाउँछन् । तर, इमान्दार मानिसहरु जेलमा कुहिएर बस्न बाध्य छन् ।

गद्दारहरु नायक बनेका छन् । इमान्दारहरु कि त सहिद बनेका छन् कि त समाजको काम नलाग्ने लफंगा जस्तो बनाइएका छन् । जो रक्षक छ, उही पैसामा बिकेर मान्छे मारिरहेको छ । मान्छेमा विवेक हराएर दानव बनिरहेको छ । नृशंश जनावरको दर्जामा पुगिसकेको छ । स्कूल र विश्वविद्यालयमा सच्चाईको अध्ययन र अध्यापन हुन छोडेको धेरै भइसक्यो । यी सब पैसा कमाउने क्यासिनो बनिसकेका छन् ।

इमान्दारिता, देशभक्ति, सच्चरित्र भन्ने शब्दहरु हराइसके । हे “भगवान” के होला अबको बाटो ? कसरि मुक्त होला यो मानव ?

वि.सं.२०७५ असोज १३ शनिवार ०८:५५ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...