back
CTIZAN AD

भिटोफ–नेपालद्वारा ३ वटा गन्तव्य गाउँ घोषणा

वि.सं.२०७५ असोज १३ शनिवार

678 

shares


१३ असोज, काठमाडाँ । गाउँ पर्यटन प्रबध्र्दन मञ्च नेपाल (भिटोफ–नेपाल)ले ३ वटा गाउँलाई भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गर्दै यस वर्षको विश्व पर्यटन दिवस मनाएको छ ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रमकाबिच भिटोफ–नेपालले कर्णाली प्रदेशको मुगु जिल्लास्थीत रारा ताल नजिक रहेको मुर्मा गाउँ, लमजुङगको राईनास्कोट गाउँ र रामेछापको दोरम्बा गाउँलाई पर्यटन भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटन मार्फत गाउँहरुको आर्थिक विकास सँगै नेपाल समृध्दीतर्फ अगाडी बढने बताए । मन्त्री अधिकारीले घोषणा भएका गाउँहरुका प्रतिनीधी मुर्माबाट रारा पर्यटन विकास समितीका अध्यक्ष देबिकृष्ण रोकाया, दोरम्बा गाउँका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठ र राईनास्कोटबाट विष्णुमाया गुरुङगलाई प्रमाणपत्र सहित सम्मानित गरेका थिए ।
सो अवसरमा बोल्दै भिटोफ–नेपालका अध्यक्ष ध्रुव सिम्खडाले राज्यले सरकारी कर्मचारीलाई लिभ होलिडे मनाउन व्यवस्था गर्न सुझाउ दिँदै, गाउँ पर्यटन प्रबर्धनका लागि आवश्यक निती ल्याउन आग्रह गरे ।
सिम्खडाले राज्यले भौतिक पुर्वाधार विकासमा ध्यान दिनु पर्ने बताउदै, कम लगानीमानै पर्यटन मार्फत मात्र गाउँमा रहेका नेपालीहरुको आर्थिक स्थर उकास्न सकिने बताए ।

वि.सं.२०७५ असोज १३ शनिवार ०८:१७ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...