back
CTIZAN AD

अफगानिस्तानमा शान्ति स्थापनामा सहयोग गर्न पाकिस्तान इच्छुक

वि.सं.२०७५ असोज १८ बिहीवार

630 

shares

१८ असोज, वासिङ्टन । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले छिमेकी मित्रराष्ट्र अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्व समाधानका लागि संयुक्तराज्य अमेरिकासँग मिलेर कार्य गर्न पाकिस्तान इच्छुक रहेको बताएको छ । तर अमेरिकी वरिष्ट कुटनीतिज्ञ जाल्मी खलिलजादको विवादास्पद भनाइको मन्त्री कुरेसीले खुलेरै विरोध गरे ।

अफगानिस्तानका लागि राजदूत रहिसकेका खलिलजादको विवादास्पद वक्तव्य अहिले पाकिस्तान सरकारका लागि गलपासो हुँदैछ । पाकिस्तानका लागि राजदूत नियुक्त भएका खलिलजादले विगतमा अफगानी विद्रोही लडाकूलाई पाकिस्तानले संरक्षण गरिरहेको भन्दै उनीहरुलाई दिइआएको सहयोग नरोक्दासम्म पाकिस्तानलाई आतङ्कवादी राष्ट्रको रुपमा घोषणा गर्न आग्रह गरेको थियो ।

मन्त्री कुरेसीले खलिलजादको नियुक्तिप्रति पाकिस्तानी सञ्चार माध्यमले बिरोध गरिरहेको बताए । खलिलजादका भनाइहरु पाकिस्तानका सन्दर्भमा अत्यन्त नकारात्मक रहेको मन्त्री कुरेसीले उल्लेख गरे । “उनी –खलिलजाद) लाई नयाँ भूमिका दिइएको छ, र मेरो विश्वास छ उनले पाकिस्तानका सन्दर्भमा धारणा राख्दा बढी संवेदनशील हुनु हुनेछ ।”

वासिङ्टनस्थित विचार समूह “युएस पिस इन्स्टिच्यूट” मा सम्बोधन गर्दै मन्त्री कुरेसीले भने, “हो, व्यक्तिगत धारणा राख्न सकिएला, तर औपचारिक पदमा रहेपछि बढी नै संयमित हुनु पर्दछ र बढी संवेदनशील पनि हुनु आवश्यक छ, त्यसपछि मात्र तपाइँ इमान्दार मध्यस्थकर्ता बन्न सक्नुहुन्छ ।”

उनले अमेरिका र पाकिस्तानको सम्बन्ध पछिल्ला वर्षमा खराब स्थितिमा पुगेको बताउँदै दुई देशबीचको सम्बन्धलाई जतिसक्दो चाँडो सुदृढ बनाउनुपर्ने खाँचो औंल्याए ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, खलिलजादले पाकिस्तान र अफगानिस्तानको यही बिहीबारदेखि भ्रमण गर्ने कार्यक्रम छ । उनले त्यसपछि युनाइटेड अरब इमिरेट्स, कतार र साउदी अरेबीयाको भ्रमण गर्नेछ ।

“खलिलजादको मुख्य कार्य नै तालिबानलाई वार्ताको टेबलमा ल्याउन समन्वय गर्नु हो,” अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । “अफगानिस्तानको शान्ति प्रक्रियामा मद्दत गर्नु, सहजीकरण गर्नु र सहभागी हुनु नै ट्रम्प प्रशासनको मुख्य चाहना हो ।”

ट्रम्प प्रशासनले पछिल्ला दिनहरुमा पाकिस्तानमाथि कडा रबैया अपनाइरहेको छ । तालिबान लडाकूका लागि आश्रय उपलब्ध गराएको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई दिइआएको सैनिक सहायता रोकेको छ । तालिबानलाई अफगान सरकारसँग प्रत्यक्ष वार्ता गरी शान्ति कायम गर्न पाकिस्तानले मद्दत गरोस भन्ने अमेरिकी चाहना छ । अफगानिस्तानमा जारी १७ वर्षदेखिको युद्ध मत्थर हुनुको साटो पछिल्ला दिनमा अझ खतरनाक हुँदै गएको छ ।

कुरेसीले अमेरिकी सैनिक सहायता रोकिएकामा पनि आलोचना गरे, तर अमेरिकी समकक्षी माइक पोम्पेओसँग वासिङ्टनमा भएको भेटपछि परिस्थितिमा सुधार आउने अपेक्षा गरे ।

“मैले भेटमा कडा कुरा होलान भन्ने सोचेको थिएँ । तर त्यस्तो भएन,” उनले भने, “मेरो अनुभवमा पोम्पेओ हाम्रा कुरा ध्यानपूर्वक सुन्न तयार हुनुहुन्थ्यो, र मेरो विचारमा यो धेरै सकारात्मक थियो ।”

अफगान युद्धको शान्तिपूर्ण समाधानका लागि पाकिस्तान, अफगानिस्तान र संयुक्तराज्य अमेरिकाको एउटै धारणा रहेको पनि मन्त्री कुरेसीले बताए । तर तालिबानले काबुलसँग सोझो वार्ता गर्न अस्वीकार गरिरहेको छ, र उनीहरु संयुक्तराज्य अमेरिकासँग वार्ता गर्न चाहन्छन । अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन ।

वि.सं.२०७५ असोज १८ बिहीवार १४:०७ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...