back
CTIZAN AD

पुर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

वि.सं.२०७५ असोज १९ शुक्रवार

675 

shares

१९ असोज, क्वालालमपुर ।  विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रूपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

पुर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी निकायले १७ ओेटा आरोप लगाएको हो ।

पूर्ववर्ती सरकारकी प्रभावशाली महिला मनसुरले करोडौ अमेरिकी डलर बराबरको कालोधनलाई आफ्नो बनाएकोलगायतका आरोपहरू लगाइएको छ ।

अधिकारीहरूले दिएको जानकारी अनुसार उनले आरोपहरूको खण्डन गरेकी छन् । उनलाई लगाइएको आरोपहरू पुष्टी भएमा उनलाई आजीवन कारावास सजाय हुने मलेसियामा कानूनी व्यवस्था छ ।

निकै महङ्गो सामानहरू किन्ने र उपयोग गर्ने बानी भएको मानिने ६६ बर्षिया मनसुरले महङ्गा गहना तथा हाते झोला आदि किन्ने गरेको चर्चा हुने गरेको थियो ।

उनका श्रीमान् नाजिबलाई पनि अनियमितता सम्वन्धी दुई दर्जन भन्दा बढी आरोप लगाइएको छ ।

शक्तिमा रहेको नौ बर्षे अवधिमा उनले राज्यशक्ति र श्रोत साधनको दुरूपयोग गरेको आरोप लगाइएको अधिकारीहरूले जनाएका छन् ।

नाजिबले भ्रष्टाचार गरेको आरोपलाई मुख्य चुनावी मुद्दा बनाउनु भएका पुर्वप्रधानमन्त्री महाथिर मोहमदले सरकारको नेतृत्व गरेपछि पूर्ववर्ती सरकारका उच्चअधिकारीहरूमाथि छानविन थालिएको हो ।

राजनीतिबाट सन्यास लिएका ९३ बर्षीय महाथिरले देशलाई गलतबाटोबाट फर्काउनका लागि आफु फेरि राजनीतिमा फर्किनु परेको बताएका थिए ।
उनको यही आह्वानलाई समर्थन गर्दै मलेसियाका मतदाताले महाथिरलाई अत्यधिक मतका साथ विजयी गराएपछि उनले सरकार बनाउनु भएको हो ।

वि.सं.२०७५ असोज १९ शुक्रवार १०:३२ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...