
सन् २०१८ की नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद सन् २०१४ नोभेम्बरमा इराकको मुसल सहरमा इस्लामिक स्टेटका लडाकुहरुको अपहरण परेर बन्धक बनेकी थिइन् । उनी यौन दासताको चंगुलबाट भागेर आएकी थिइन् ।
नादिया मुराद र लामिया अजी बसर ती हजारौं यजिदी युवतीहरुसँगै सामेल थिए । जसलाई आइएसले यौनदासी बनाउनका लागि २०१४ मा अपरहण गरिएका थिए । तर, उनीहरु दुवैजना त्यहाँबाट भागेर यजिदी समुदायका लागि अभियान चलाइरहेका छन् ।
सिंजरस्थित एक गाउँ कोचेबाट अपरहणमा परेकी थिइन् नादिया । त्यो समयमा उनी १९ वर्षकी थिइन् ।
आइएस चरमपंथीले उनलाई मुसुल लिएर गए । जहाँ उनीमाथि अत्याचार गरेर उनीमाथि बलात्कार गरे । उनी त्यहाँबाट भाग्न सफल भइन् तर, उनले आफ्ना ६ भाइ र आमालाई सिंजरमा भएको हत्याकाण्डमा गुमाइन् ।
उनी लगायत झण्डै तीन हजार यजिदी महिलाहरु स्लामिक स्टेटका लडाकुहरुको बन्धकमा परेका थिए ।
मुराद २३ वर्षको उमेरमा संयुक्त राष्ट्र संघको सद्भावना दूत समेत बनिन् । २०१६ मा नाजियालाई मानब तस्करीबाट जोगिएका व्यक्तिको आत्मसम्मानका लागि उक्त सद्भावना दूत नियुक्त गरिएको थियो ।
यो पुरस्कार सोभियत बैज्ञानिक आंद्रेइको स्मृतिमा हरेक वर्ष दिइन्छ । यी दुई महिलालाई युरोपको संसदका उदारबादी समूह एएलडीको तर्फबाट नाम प्रस्ताव गरिएको थियो ।
समुहका नेता गी वरहोफस्टानले भने, ‘यी प्रेरणादायी महिला हुन जो क्रुरताको विरुद्धमा विस्वासै गर्न नसकिने साहस र मावता प्रदर्शन गरेका छन् ।’
अगस्त २०१४ मा उत्तरी इराकको सहर सिंजरमा आइएसले कब्जा गरेपछि हजारौ यजिदीहरु घर छोडेर भाग्न बाध्य भएका थिए । हजारौं महिला र युवतीहरुलाई युद्धपछि लुटिएको समानजस्तै गरेर प्रयोग गरियो । एजेन्सी
वि.सं.२०७५ असोज २० शनिवार १२:०३ मा प्रकाशित






























