back
CTIZAN AD

आत्मरक्षाका लागि तालिम लिदैं गृहिणी महिला तथा किशोरीहरु

वि.सं.२०७५ असोज २० शनिवार

744 

shares

 

२० असोज, धनगढी । धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका थिए ।

राष्ट्रिय गोजोरियो कराँते दो सङ्घको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम राखिएपछि कवर्ड हल मैदानमा किशोरी र महिला ओइरिएका हुन् ।

‘रातो टि सट‘को पहिरनमा किशोरी र महिला जमघट भएको दृष्य हेर्नलायक देखिन्थ्यो । विभिन्न विद्यालयमा पढ्ने किशोरीका साथै गृहणी महिला स्वस्फूर्त रुपमा मैदानमा जमघट भएका थिए ।

पहिलो पटक गरिएको नयाँ खालको यो अभियानप्रति सबैको उत्सुकता र चासो पनि बढेको देखिन्थ्यो । महिलाको आत्मसुरक्षाका लागि आयोजित यो शिविर नौलो अभ्यास भएकाले पनि सबैको उत्सुकता बढेको हो ।
प्रतिकार गरेपछि महिला स्वयम्ले आफ्नो रक्षा गर्न सक्छन्, भन्ने सोचले शिविर गर्न लागिएकोले आफू यो शिविरमा सहभागी हुन आएको प्रतिक्रिया गोमा आचार्यले दिइन् ।

स्थानीयवासी सर्वमङ्गला महिला छात्रावासकी सञ्चालिकासमेत रहनुभएकी आचार्यले भनिन् ‘‘महिलाले चर्को त बोल्नुु हुन्न भन्ने हाम्रो समाजमा किशोरी र महिलाले आफूसँग भएको तागत प्रयोग गर्ने अभ्यास नै नपाएको अवस्थामा गरिएको यो अभियानले महिलालाई शारीरिक रुपमा सशक्त बनाउन मद्दत पुग्ने छ ।‘”

शिविरमा सहभागी हुनेमध्ये उत्कृष्ट हुने एकसय जनालाई छनोट गरी प्रशिक्षक बनाउने योजना आयोजकको छ । एक हप्तासम्म सञ्चालन हुने शिविरमा किशोरी र महिला गरी झण्डै एक हजार महिला छन् । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट यो अभियानवाट किशोरी र महिला ‘किक हान्न’ सक्षम भई स्वयं आफ्नो र समाजको सुरक्षाका लागि सक्षम हुने बताउँछीन् ।

महिला मानवअधिकार रक्षक सञ्जाल धनगढीकी वसन्ती चौधरीले भनिन्,‘‘कसैबाट महिलामाथि नराम्रो दुव्र्यवहार भएमा उसले कसरी सुरक्षित हुने भन्ने शारीरिक सीप यो तालीममा सिकाइने छ ।”

महिला हिंसामा परी हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त लगायतको सम्झनामा मौन धारण गरेर कार्यक्रमको आंैपचारिक उद्घाटन शुरु भएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शिविरको उद्घाटन गरे । सो अवसरमा उनले महिलाको स्वाभिमान बचाउने र आत्मरक्षाका लागि गरिने अभियानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले समाजमा जनजागरण फैलाउन यस्ता अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

 

वि.सं.२०७५ असोज २० शनिवार १३:१२ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...