back
CTIZAN AD

जापानमा कृसु क्षेत्रीको हाइकु लोकार्पण

वि.सं.२०७५ असोज २० शनिवार

669 

shares

जापानमा हालै सम्पन्न भएको हाइकु महोत्सवमा नेपालका चचिर्त साहित्यकार तथा कूटनीतिक व्यक्ति कृसु क्षेत्रीको नवीनतम् हाइकु संग्रह ‘नीलो आँसु’को लोकार्पण भएको छ ।

कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी, सायोमी कामाकुरा, हिदेकी आइसिकुरा, हासाओ हासेगोआ, मुगेन सातोमोरा, चिल्कुबोन, साकी इन्यु तथा नेपाली भाषा विशेषज्ञ जापानी नागरिक हारुहितो नोजुका अतिरिक्त डा रामकुमार पाँडे तथा प्रकास पौडेल माइलाको उपस्थिति थियो ।

हाइकू महोत्सबमा विभिन्न श्रष्टाका एक अंग्रेजी सहित नौ वटा हाइकूका पुस्तक बिमोचन गरिएको थियो । सोही समारोहमा प्रा रामकुमार पाँडेको हन्टिंग हाइगा, प्रकाश पौडेल माइलाको रातो साकुरा (हाइकुसंग्रह) लगायतका कृतिहरूको पनि लोकार्पण गरिएको थियो ।

नेपाल हाइकू केन्द्र र अन्तर्राष्ट्रिय साहित्य समाज र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको संयोजन प्रकाश पौडेल माइलाले गरेका हुन् । साहित्यकार कृसु क्षेत्रीको हालै साझा प्रकाशनबाट प्रकाशित चराको गीत नेपाली साहित्यका पाठकहरूमा अत्यन्त लोकप्रिय रहेको थियो ।

वि.सं.२०७५ असोज २० शनिवार १७:१९ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...