
यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । “आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दुका रहेको कर्णाली उतिबेला नुनबाहेक सबै कुरामा आत्मनिर्भर थियो”, मुख्यमन्त्री शाहीले भने, “आज विभिन्न सहयोगका नाममा मगन्ते बनाइएको छ ।”
साझेदार संस्थाहरूबाट उत्पादन बढाउने भन्दा पनि आशामा बाँच्ने खालका कार्यक्रम सञ्चालन गरिँदा, भ्रष्टाचार र दलाल संस्कृतिको विकास हुँदा कर्णाली परनिर्भर बनेको उनले आरोप लगाए । उनले अगाडि भने, ‘गैसस र भ्रष्टाचारलाई नियन्त्रण सके मुलुकको समृद्धि र विकासको सपना पूरा हुन्छ ।’
एक फरक प्रसङ्गमा उनले चीन भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय लगानीकर्तासँग भएको समझदारीअनुसार कर्णालीको सडक र विद्युत् निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश विकासको ऐतिहासिक सङ्कल्प पूरा गर्न लिएको जिम्मेवारीअनुसार कर्णाली प्रदेशको अहिलेको परिचय बदल्ने प्रतिबद्धता व्यक्त समेत गरे ।
वि.सं.२०७५ असोज २० शनिवार १७:४० मा प्रकाशित






























