back

रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

वि.सं.२०७५ असोज २१ आइतवार

297 

shares
GLOBAL IME AD
NTC AD

२१ असोज, ओखलढुङ्गा । ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुन : सञ्चालन हुने भएको हो ।

नेपाल एयरलाइन्सको विमानले काठमाडाँै – रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताए । “रुम्जाटारमा मङ्गलबारदेखि नियमित उडान गराउने सहमतिअनुसार तयारी भइरहेको छ”, उनले भने, “जिल्लाको समृद्धिका लागि महत्वपूर्ण मानिएको यो विमानस्थल अब कुनै पनि बहानामा बन्द हुन दिँदैनौँ ।” उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ थियो ।

सांसद गुरुङका अनुसार सातामा एक दिन रुम्जाटार विमानस्थलमा उडान हुनेछ । विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्षपछि नेपाल एयरलाइन्सले सातामा एक दिन रुम्जाटारमा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

हवाई इन्धन केन्द्र बनाइने

रुम्जाटार विमानस्थललाई पूर्वी पहाडको हवाई इन्धन केन्द्र बनाउने विषयमा अध्ययन भइरहेको प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताए । केन्द्रका लागि उपयुक्त ठाउँ भएको विज्ञले बताएसँगै वायु सेवा निगम र सरोकारवालाबीच छलफल गरेर पहल थालिएको उनको भनाइ थियो । “लामो समयको अथक प्रयासपछि रुम्जाटारमा नियमित उडान गराउन सफल भइयो । अब हवाई इन्धन केन्द्र पनि बनाइनेछ”, सांसद सुनुवारले भने । “दर्जनौँ पटक म आफैँ मन्त्रालय र निगममा पुगेर समस्या राखेको छु । अरू साथीहरुको सक्रियता पनि उत्तिकै छ । अब उडानलाई व्यवस्थित बनाउनेतर्फ हामी लाग्छौँ ।” सांसद सुनुवारले यात्रु नपाएर उडान भर्न नसकिने अवस्था आउन नदिन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । तीन वर्षअघि धावनमार्गमा कालोपत्र गरिएको रुम्जाटार विमानस्थल पूर्वीपहाडको सुरक्षित हवाई गन्तव्यका रुपमा लिइन्छ ।

स्थानीयवासी लाभान्वित

रुम्जाटारमा हुने नियमित उडानले स्थानीयवासीलाई फाइदा हुने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए । चाडपर्वका समयमा सवारीसाधन रिजर्भ गरेर ओखलढुङ्गा आउनुपर्ने सर्वसाधारणलाई रुम्जाटारमा पनि हवाई उडान भएपछि जिल्ला आउजाउ गर्न सजिलो हुने उनको भनाइ थियो । जिल्ला अस्पतालबाट सिफारिस गरिएका बिरामीलाई हेलिकोप्टर चार्टर गर्न बाध्य हुनुपर्ने अवस्था पनि नियमित उडानले अन्त्य हुने नगरप्रमुख श्रेष्ठले बताए ।

निर्वाचनताका विभिन्न दलका नेताले उडान सञ्चालन गराउने प्रतिबद्धतासमेत जनाएका थिए भने वर्तमान नगरप्रमुख श्रेष्ठको पनि मुख्य कार्यसूचीमा परेको थियो । रुम्जाटारकै प्रदेशसभाका सांसद अम्विरबाबु गुरुङले पनि यसलाई मुख्य चुनावी एजेण्डा बनाएको थियो । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पनि तत्काल विमान सञ्चालन गराउने प्रतिबद्धता जनाएको थियो ।

वि.सं.२०७५ असोज २१ आइतवार १५:२९ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...