back
CTIZAN AD

रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

वि.सं.२०७५ असोज २१ आइतवार

660 

shares

२१ असोज, ओखलढुङ्गा । ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुन : सञ्चालन हुने भएको हो ।

नेपाल एयरलाइन्सको विमानले काठमाडाँै – रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताए । “रुम्जाटारमा मङ्गलबारदेखि नियमित उडान गराउने सहमतिअनुसार तयारी भइरहेको छ”, उनले भने, “जिल्लाको समृद्धिका लागि महत्वपूर्ण मानिएको यो विमानस्थल अब कुनै पनि बहानामा बन्द हुन दिँदैनौँ ।” उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ थियो ।

सांसद गुरुङका अनुसार सातामा एक दिन रुम्जाटार विमानस्थलमा उडान हुनेछ । विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्षपछि नेपाल एयरलाइन्सले सातामा एक दिन रुम्जाटारमा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

हवाई इन्धन केन्द्र बनाइने

रुम्जाटार विमानस्थललाई पूर्वी पहाडको हवाई इन्धन केन्द्र बनाउने विषयमा अध्ययन भइरहेको प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताए । केन्द्रका लागि उपयुक्त ठाउँ भएको विज्ञले बताएसँगै वायु सेवा निगम र सरोकारवालाबीच छलफल गरेर पहल थालिएको उनको भनाइ थियो । “लामो समयको अथक प्रयासपछि रुम्जाटारमा नियमित उडान गराउन सफल भइयो । अब हवाई इन्धन केन्द्र पनि बनाइनेछ”, सांसद सुनुवारले भने । “दर्जनौँ पटक म आफैँ मन्त्रालय र निगममा पुगेर समस्या राखेको छु । अरू साथीहरुको सक्रियता पनि उत्तिकै छ । अब उडानलाई व्यवस्थित बनाउनेतर्फ हामी लाग्छौँ ।” सांसद सुनुवारले यात्रु नपाएर उडान भर्न नसकिने अवस्था आउन नदिन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । तीन वर्षअघि धावनमार्गमा कालोपत्र गरिएको रुम्जाटार विमानस्थल पूर्वीपहाडको सुरक्षित हवाई गन्तव्यका रुपमा लिइन्छ ।

स्थानीयवासी लाभान्वित

रुम्जाटारमा हुने नियमित उडानले स्थानीयवासीलाई फाइदा हुने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए । चाडपर्वका समयमा सवारीसाधन रिजर्भ गरेर ओखलढुङ्गा आउनुपर्ने सर्वसाधारणलाई रुम्जाटारमा पनि हवाई उडान भएपछि जिल्ला आउजाउ गर्न सजिलो हुने उनको भनाइ थियो । जिल्ला अस्पतालबाट सिफारिस गरिएका बिरामीलाई हेलिकोप्टर चार्टर गर्न बाध्य हुनुपर्ने अवस्था पनि नियमित उडानले अन्त्य हुने नगरप्रमुख श्रेष्ठले बताए ।

निर्वाचनताका विभिन्न दलका नेताले उडान सञ्चालन गराउने प्रतिबद्धतासमेत जनाएका थिए भने वर्तमान नगरप्रमुख श्रेष्ठको पनि मुख्य कार्यसूचीमा परेको थियो । रुम्जाटारकै प्रदेशसभाका सांसद अम्विरबाबु गुरुङले पनि यसलाई मुख्य चुनावी एजेण्डा बनाएको थियो । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पनि तत्काल विमान सञ्चालन गराउने प्रतिबद्धता जनाएको थियो ।

वि.सं.२०७५ असोज २१ आइतवार १५:२९ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...