२३ असोज, काठमाडौँ । नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्न भएका छन् ।
मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन् । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई बुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेदवार बनाउने नेकपाको तयारी छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज २३ मंगलवार ०८:०८ मा प्रकाशित