back
CTIZAN AD

काम छोडेर पढ्न गएको भन्दै पुनर्निर्माण प्राधिकरणको आपत्ति

वि.सं.२०७५ असोज २३ मंगलवार

633 

shares

उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट पुनःनिर्माण गरिने२३ असोज, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि पुनर्निमार्ण प्राधिकरणबाट नियुक्त भएर खटिएका कर्मचारीहरु काम छोडेर नियमित अध्ययनमा गएको भन्दै पुर्ननिर्माण प्राधिकरणले आपत्ति जनाएको छ ।

प्राधिकरणबाट खटिएर गएका प्राविधिक, कर्मचारीहरु विभिन्न शैक्षिक संस्थाको नियमित विद्यार्थीको रुपमा अध्ययन गरिरहेको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले त्यस विषयमा छानविन समेत अघि बढाइरहेको तथा यस्तो कार्य गर्ने कर्मचारी र प्राबिधिकको हाजिर प्रमाणित गर्ने स्थानीय तहका पदाधिकारी, अधिकारीले त्यस्तो गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा सिफारीस गरिने पनि प्राधिकरणले जनाएको छ ।

मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ, ‘राष्ट्रिय पुर्ननिर्माण प्रनधिकरण एवं अन्तर्गतका निकायबाट सेवा करार सम्झौता गरी भूकम्पले क्षतिग्रस्त भएका संरचनाको पुर्ननिर्माणको संवेदनशील कार्यका लागि जिम्मेवारी बहन गर्ने गरी नियुक्त भई खटिएका प्राविधिक कर्मचारीहरु विभिन्न शैक्षिक संस्थाको नियमित विद्यार्थीको रुपमा अध्ययन गरिरहेको बुझिन आएकोले यस सम्बन्धमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई छानविन कार्य अघि बढाइएको छ । यस सम्बन्धमा यस्तो कार्य गर्ने प्राविधिक, कर्मचारी र उक्त कर्मचारीहरुको हाजिर प्रमाणित गर्ने स्थानीय तहका पदाधिकारी÷ अधिकारीहरुले यदि त्यस्तो कार्य गरे÷गराइएको पाइएमा प्रचलित कानुन अनुसार आवश्यक कारबाहीका लागि प्राधिकरणबाट सम्बन्धित निकायमा शिफारिश गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो स्रचना प्रकाशित गरिएको छ ।’

वि.सं.२०७५ असोज २३ मंगलवार ०८:५१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...