back
CTIZAN AD

अस्ट्रेलियाद्धारा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाउने घोषणा

वि.सं.२०७५ असोज २३ मंगलवार

528 

shares

२३ असोज, सिड्नी । एएफपी अस्ट्रेलिया सरकारले प्रमुख शहरमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ ।

बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १.६ प्रतिशत रहेको छ । यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी)मा आबद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो ।

सिड्नी, मेलबोर्न र दक्षिणपूर्वी क्वीन्सल्यान्ड विश्वमै सर्वाधिक तीव्र गतिमा विकास भइरहेका शहरमध्येका हुन्, र यसो हुनुमा विदेशी आप्रवासी प्रमुख कारण हो, जनसंख्या मन्त्री अलान टजले भने ।

अस्ट्रेलियाका पूर्वीक्षेत्रका सहरमा यही कारण पूर्वाधारमा मात्र गत वर्ष करिब १५ अर्ब अस्ट्रेलियाली डलर खर्च भएको थियो । बेलैमा नरोकिए सन् २०३० सम्ममा यो रकम करिब ४० अर्ब अस्ट्रेलियाली डलर पुग्नेछ, मेलबोर्नको मेन्जीज अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री टजले बताए ।

“यो अति घनाबस्ती परिवारहरुका लागि गम्भीर चुनौती हो र मुलुकका लागि गम्भीर आर्थिक चुनौती हो,” उनले बताए “अस्ट्रेलिया आउने मानिसलाई हामी साना प्रान्त र क्षेत्रमा स्थानान्तरित गर्ने उपायको खोजी गरिरहेका छौँ र उनीहरु त्यहाँ केही वर्ष बस्नै पर्दछ ।”
अस्ट्रेलिया वर्षौंदेखि विश्वभरका मानिसका लागि आकर्षक गन्तव्यस्थल रहँदै आएको छ ।

वि.सं.२०७५ असोज २३ मंगलवार १८:०९ मा प्रकाशित

भारतमा आगलागी, ७ जनाको मृत्यु

भारतमा आगलागी, ७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा...

ट्रम्पको चीन भ्रमण अन्योलमा

ट्रम्पको चीन भ्रमण अन्योलमा

बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच...

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...