back

दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निर्माण हुने

वि.सं.२०७५ असोज २५ बिहीवार

378 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको छ ।

वाण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी जग्गामा करीब रु दुई अर्बको लागतमा बन्ने भएको हो । आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने योजनासहितको उक्त परियोजनाको बुधबार यहाँ आयोजित कार्यक्रममा शब्ददृश्य परिकल्पना सार्वजनिक गरियो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकलाई समृद्धिको लक्ष्यमा लैजान वर्तमान सरकार लागिरहेको समयमा यो परिकल्पना त्यसका लागि सहायक हुने भन्दै योजना सफलताको कामना गरेका थिए ।

प्रदेश नं ३ का भौतिक योजनामन्त्री केशव स्थापितले आफूले सोच्ने गरेजस्तै छिटो र महत्वकाङ्क्षी योजनाका साथ युवाको टोलीले उक्त टावर निर्माण गर्न लागेकामा खुशी व्यक्त गरे ।

नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले समृद्धिका लागि उद्यमशीलता, नवप्रवर्तन र सिर्जनात्मकता आवश्यक पर्ने विषयलाई आत्मसात् गरी वाण्डर्स नेपालले उक्त परियोजना अघि सारेको बताउँदै काठमाडौँको मुटुमा रहेकाले टावर बनेपछि उत्पन्न हुनसक्ने ट्राफिक व्यवस्थापनको चुनौतीलाई ध्यान दिन आग्रह गरे ।

परियोजनालाई मौलिक र महत्वाकाङ्क्षी ठान्दै नेपाली काङ्ग्रेसका सांसदद्वय भीमसेनदास प्रधान र उमेश श्रेष्ठ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा राजन भट्टराईले सफलताको कामना गरे ।
वाण्डर्स नेपालका अध्यक्ष इञ्जिनियर आकर्षण पोखरेलले टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने दाबी गरे । सो कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो । उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ ।

वि.सं.२०७५ असोज २५ बिहीवार ०९:२९ मा प्रकाशित

नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तय गरिने

नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तय गरिने

काठमाडौं । नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक...

खुवा बिक्रीबाट मासिक एकलाख आम्दानी

खुवा बिक्रीबाट मासिक एकलाख आम्दानी

मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर यसप्रकार...

यस्तो छ आजको तरकारीको थोक मूल्य

यस्तो छ आजको तरकारीको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...