back

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

वि.सं.२०७५ असोज २५ बिहीवार

519 

shares

२५ असोज, याङ्गुन । एएफपी म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ ।

म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

म्यानमारमा भएको यस घटनालाई प्रेस स्वतन्त्रता विपरित भएको भन्दै देशभित्र र बाहिर व्यापक विरोध भएको समाचारमा जनाइएको छ ।

अधिकारवादीहरूले पक्राउ गरिएकालाई तत्काल विना शर्त रिहा गर्नुपर्ने माग गर्दै सरकार र सरोकारवालाहरूलाई दबाब दिएका छन् ।

पक्राउ पर्नेमा इलेभन मिडिया ग्रुपका पत्रकारहरू रहेका छन् । उनीहरूले शृङ्खलाबद्ध रूपमा सरकारका कमीकमजोरी र पत्रकारिता क्षेत्रमाथि भएका हस्तक्षेपको विपक्षमा लेख्दै आएका थिए ।

इलेभन मिडियाका कार्यकारी सम्पादकद्वय क्याब जाब लिन र नायी मिन र प्रमुख समाचारदाता फ्यो वाई बिनलाई प्रहरीले पक्राउ गरेको हो ।

यही सोमबार प्रकाशित एउटा लेखका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको पक्राउ परेका पत्रकारहरूको पक्षका वकिल क्यी मयीन्टले एएफपीलाई जानकारी दिए ।

यसअघि म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाय तोकेको थियो । राज्यको कानून उलङ्घन गरेको भन्दै उनीहरूलाई सजायको आदेश दिएको थियो ।

अदालतले सजाय दिएका ती पत्रकारहरूले रोहिङ्ग्या शर्णार्थीबारे रिपोर्टिङ गर्दै आएका थिए । उनीहरूले रोहिङ्ग्याहरूको सामूहिक हत्याबारे अनुसन्धानमूलक समाचार प्रकाशन गरेका थिए ।

नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेत्री सुकीको समर्थनमा भएका पछिल्ला गतिविधिले विश्वभरी नै उनका आलोचक बढ्दै गएका छन् ।

वि.सं.२०७५ असोज २५ बिहीवार ०९:४६ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...