back
CTIZAN AD

एनआरएनए विज्ञ सम्मेलन : ऐतिहासिक जमघट र अपेक्षित उपलब्धि

वि.सं.२०७५ असोज २६ शुक्रवार

720 

shares

‘नेपालीका लागि नेपाली’ र ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने भावमा सन् २००३ मा पहिलो विश्व सम्मेलन गरेको गैरआवासीय नेपाली संघले संसारभरी रहेका विज्ञहरूको जमघट गराउनु आफैमा ठूलो उपलब्धि हो ।गैरआवासीय अभियान केवल व्यापारी र व्यवसायीहरूको क्लवका रुपमा विकास हुने हो कि भन्ने आम चिन्तालाई यो जमघटले खारेज गर्ने संकेत गरेको छ ।

संसारभर करीब १३५ देशमा नेपालीहरू रहेको विभिन्न माध्यमबाट जानकारीहरु आएका छन् । नेपाली पुगेका देशहरूमध्ये ७९ देशमा गैरआवासीय नेपाली संघले आफ्नो शाखा विस्तारसमेत गरेको छ । नेपालसँग नेपाली जोडिइरहने कडिका रुपमा अभियानले संस्थालाई परिमार्जित गर्न खोजेको मात्र छैन, गफमा नभएर व्यवहारमै देशको समृद्धिमा हैँसे गर्न खोजिरहेको छ । गैरआवासीय नेपाली अभियानको पन्ध्र वर्षे यात्रामा यो निकै महत्वपूर्ण पाइला हो भन्न सकिन्छ ।

 लाप्राक वस्ति हस्तान्तरण हुन नसके पनि, शंखमुलपार्क हस्तान्तरण तथा आफ्नै भवनबाट कार्याल संचालन सँगै संसाभरीका नेपाली विज्ञलाई समृद्धिमा ऐक्यबद्ध पार्ने काम भएकाले गैरआवासीय नेपाली अभियानको इतिहासमा सन् २०१८ निकै महत्वको वर्ष भएको मान्न सकिन्छ ।

 

लाप्राक वस्ति हस्तान्तरण हुन नसके पनि, शंखमुलपार्क हस्तान्तरण तथा आफ्नै भवनबाट कार्याल संचालन सँगै संसाभरीका नेपाली विज्ञलाई समृद्धिमा ऐक्यबद्ध पार्ने काम भएकाले गैरआवासीय नेपाली अभियानको इतिहासमा सन् २०१८ निकै महत्वको वर्ष भएको मान्न सकिन्छ ।

पूँजी र भावना बाहेक यो अभियानबाट सीप, प्रविधि, दक्षता, कला, विज्ञता र सभ्यताको विप्रेषण हुने अनुमान शुरुदेखि हुँदै आएको हो । सन् २०१८ को अक्टोबरसम्म आइपुग्दा यसको प्रयासले सार्थक गोरेटो बनाएको अनुभूति गर्न सकिने भएको छ । देशमा राजनैतिक परिवर्तनसँगै आर्थिक रुपान्तरणको टड्कारो आवश्यकता स्वदेश तथा विदेश बस्ने नेपालीले गरेकै हो । आफ्नो जन्मभूमि र थातथलोको समृद्धि बोलीमा होइन व्यवहारमै ल्याउनु पर्छ भन्ने ध्येयसहित विज्ञ सम्मलेन हुनु आफैमा नयाँ फड्को हो ।

 

नेपालमा शान्ति, विकास, शुसासन र समृद्धि भनिरहने र दोहो¥याइरहने नारा मात्र नबनाएर अनुभूत गर्ने उपलब्धि बन्नु पर्छ भन्ने कुरालाई विज्ञहरूले आत्मसाथ गरेरै देशका लागि सक्रिय हुने मनस्थिति तयार गरेका छन् । नेपालको शत्रु गरिबी हो भन्ने महशुस गरेका विज्ञहरूले नेपालको जल, जमिन, जंगल, जडिबुटी लगायतका अथाह प्राकृतिक श्रोत र सम्पदाहरूको सहि पहिचान तथा व्यवसायिक प्रबद्र्धनलाई प्रमुख एजेण्डा बनाएर उत्पादन, स्वाधीनता र आत्मनिर्भरता हुँदै समृद्धिको मार्गमा ठोस रुपले हैंसे गर्न सके यो ऐतिहासिक जमघटले उपलब्धि हासिल गर्नेछ ।

वि.सं.२०७५ असोज २६ शुक्रवार १५:३० मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...