back

एनआरएनए विज्ञ सम्मेलन : ऐतिहासिक जमघट र अपेक्षित उपलब्धि

वि.सं.२०७५ असोज २६ शुक्रवार

372 

shares
GLOBAL IME AD
NTC AD

‘नेपालीका लागि नेपाली’ र ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने भावमा सन् २००३ मा पहिलो विश्व सम्मेलन गरेको गैरआवासीय नेपाली संघले संसारभरी रहेका विज्ञहरूको जमघट गराउनु आफैमा ठूलो उपलब्धि हो ।गैरआवासीय अभियान केवल व्यापारी र व्यवसायीहरूको क्लवका रुपमा विकास हुने हो कि भन्ने आम चिन्तालाई यो जमघटले खारेज गर्ने संकेत गरेको छ ।

संसारभर करीब १३५ देशमा नेपालीहरू रहेको विभिन्न माध्यमबाट जानकारीहरु आएका छन् । नेपाली पुगेका देशहरूमध्ये ७९ देशमा गैरआवासीय नेपाली संघले आफ्नो शाखा विस्तारसमेत गरेको छ । नेपालसँग नेपाली जोडिइरहने कडिका रुपमा अभियानले संस्थालाई परिमार्जित गर्न खोजेको मात्र छैन, गफमा नभएर व्यवहारमै देशको समृद्धिमा हैँसे गर्न खोजिरहेको छ । गैरआवासीय नेपाली अभियानको पन्ध्र वर्षे यात्रामा यो निकै महत्वपूर्ण पाइला हो भन्न सकिन्छ ।

 लाप्राक वस्ति हस्तान्तरण हुन नसके पनि, शंखमुलपार्क हस्तान्तरण तथा आफ्नै भवनबाट कार्याल संचालन सँगै संसाभरीका नेपाली विज्ञलाई समृद्धिमा ऐक्यबद्ध पार्ने काम भएकाले गैरआवासीय नेपाली अभियानको इतिहासमा सन् २०१८ निकै महत्वको वर्ष भएको मान्न सकिन्छ ।

पूँजी र भावना बाहेक यो अभियानबाट सीप, प्रविधि, दक्षता, कला, विज्ञता र सभ्यताको विप्रेषण हुने अनुमान शुरुदेखि हुँदै आएको हो । सन् २०१८ को अक्टोबरसम्म आइपुग्दा यसको प्रयासले सार्थक गोरेटो बनाएको अनुभूति गर्न सकिने भएको छ । देशमा राजनैतिक परिवर्तनसँगै आर्थिक रुपान्तरणको टड्कारो आवश्यकता स्वदेश तथा विदेश बस्ने नेपालीले गरेकै हो । आफ्नो जन्मभूमि र थातथलोको समृद्धि बोलीमा होइन व्यवहारमै ल्याउनु पर्छ भन्ने ध्येयसहित विज्ञ सम्मलेन हुनु आफैमा नयाँ फड्को हो ।

नेपालमा शान्ति, विकास, शुसासन र समृद्धि भनिरहने र दोहो¥याइरहने नारा मात्र नबनाएर अनुभूत गर्ने उपलब्धि बन्नु पर्छ भन्ने कुरालाई विज्ञहरूले आत्मसाथ गरेरै देशका लागि सक्रिय हुने मनस्थिति तयार गरेका छन् । नेपालको शत्रु गरिबी हो भन्ने महशुस गरेका विज्ञहरूले नेपालको जल, जमिन, जंगल, जडिबुटी लगायतका अथाह प्राकृतिक श्रोत र सम्पदाहरूको सहि पहिचान तथा व्यवसायिक प्रबद्र्धनलाई प्रमुख एजेण्डा बनाएर उत्पादन, स्वाधीनता र आत्मनिर्भरता हुँदै समृद्धिको मार्गमा ठोस रुपले हैंसे गर्न सके यो ऐतिहासिक जमघटले उपलब्धि हासिल गर्नेछ ।

वि.सं.२०७५ असोज २६ शुक्रवार १५:३० मा प्रकाशित

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ८ डुम्रीकोटमा आइतबार राति मोटरसाइकल...

अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २३ जना पक्राउ

अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २३ जना पक्राउ

काठमाडौँ । अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा २३...

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...