back
CTIZAN AD

नेपालले अपराजित रहदै टिकट काट्यो अस्ट्रलियाको

वि.सं.२०७५ असोज २६ शुक्रवार

633 

shares

नेपालले अस्ट्रलियामा २०२० मा हुने आईसीसी विश्व कप टी ट्वान्टीको पहिलो ढोका उपाधिसहित पार गरेको छ ।

मलेसियामा सम्पन्न एशिया बीको छनोट उपाधि जितेर नेपाल एशिया छनोटमा प्रवेश गरेको हो । मलेसियामा सम्पन्न प्रतियोगितामा नेपाल अपराजित रह्यो । नेपालले ५ खेल जित्यो भने अन्तिम खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन भयो ।

शुक्रबार भएको नेपाल र सिंगापुरबीचको खेल वर्षाका कारण नतिजाबिहीन भएको हो । सो खेलमा नेपालले टस जितेर पहिला बलिंग गरेको थियो । सन्दीप लामिछानेले ४ विकेट लिँदा सिंगापुर १८ ओभर ३ बलमा अलआउट हुँदा ८१ रन बनाएको थियो । ८२ रनको लक्ष्य पाएको नेपालले ३ बलमात्र खेल्दा वर्षाका कारण खेल रोकियो । वर्षा नरोकिएपछि सो खेल नतिजाबिहीन बन्न पुग्यो । पाँचै खेल जितेको सिंगापुरभन्दा नेपालको रनरेट राम्रो भएकाले नेपालले प्रतियोगिताको उपाधिसमेत जितेको हो ।

मलेसियामा नेपालले शानदार प्रदर्शन गर्दै उपाधिसमेत जितेर आफ्नो क्लास देखाएको छ । सो प्रतियोगितामा समावेश मुलुकभन्दा नेपालको स्तर निकैमाथि देखियो । हुन त सो प्रतियोगितामा सहभागी टिम मध्ये नेपालमात्र एकदिवसीय क्रिकेटको मान्यता पाएको टिम हो । नेपालले विपक्षीविरुद्ध गरेको प्रदर्शन पनि सोही स्तरको रह्यो ।

नेपालले कुनै पनि खेल तनावपूर्ण खेल्नु परेन । नेपालले पहिलो खेल म्यानमारमाथि ८ विकेटको जित निकाल्यो भने, चीनमाथि १० विकेटको जित हात पार्यो । यस्तै भुटानमाथि ११७ रनको जित निकाल्दा थाइल्याण्डमाथि १४० रनको जित हात पार्यो ।

यस्तै मलेसियामाथि पनि ८ विकेटको जित हात पार्यो ।

नेपालले खेलेका सबै खेलमा नेपाली बलर हावी देखिए । नेपालका सन्दीप लामिछाने प्रतियोगितामा सबैभन्दा बढि विकेट लिने बलर बने । उनले ६ खेलबाट २४ विकेट लिए ।

अब नेपालले विश्वकपका लागि दोस्रो ढोका खोल्न एशिया छनोट खेल्नुपर्नेछ । शुक्रबार सम्पन्न प्रतियोगिताबाट नेपालसँगै सिंगापुर र मलेसिया पनि एशिया छनोटका लागि छनोट भएका छन् ।

यस्तै एशिया ए बाट यूएई, कतार र कुवेत छनोट भएका छ् । यी ६ देश सहभागी भएको एशिया छनोटबाट शीर्ष २ मा पर्ने टिमले ग्लोभल छनोट खेल्नेछन् । ग्लोभल छनोटमा विभिन्न महादेशबाट छनोट भएका र आईसीसीको वरियतामा तल्लो स्थानमा रहेका टीम यो छनोटमा सहभागी हुनेछन् । १४ टिम सहभागि हुने यो प्रतियोगिताबाट शीर्ष ६ मा पर्ने टिम अस्ट्रेलियामा हुने टी ट्वान्टी विश्व कपका लागि छनोट हुनेछन् ।

नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्व कपमा सहभागिता जनाइसकेको छ । फेरि अस्ट्रेलियामा हुने प्रतियोगिताका लागि सहभागि हुनका लागि नेपाललाई मौका छ ।

सिंगापुरसँगको खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमटाले घरेलु स्तरमा भइरहेका प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान दिएको बताए । उनले पीपीएल र ईपीएल जस्ता प्रतियोगिताले नयाँ खेलाडीका लागि मौका भएकासमेत बताए ।

उपाधि विजेता नेपाली टिम शनिबार स्वेदश फकिँदैछ ।

वि.सं.२०७५ असोज २६ शुक्रवार १६:४२ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...