back
CTIZAN AD

आपसी सम्बन्धमा थप सुधार गर्न जापानका प्रधानमन्त्री चीन जाने

वि.सं.२०७५ असोज २७ शनिवार

624 

shares

२७ असोज, बेइजिङ । सिन्ह्वा जापानका प्रधानमन्त्री सिन्जो आबे यही महिनाको अन्त्य तिर चीन जाने भएका छन् ।
औपचारिक भ्रमणका लागि उनी यही अक्टोबर २५ देखि २७ तारिखसम्म चीन जान लागेका ेसमाचारमा जनाइएको छ ।

चिनियाँ प्रधानमन्त्री लि क्वाङको निमन्त्रणामा जापानी प्रधानमन्त्री आबे चीन भ्रमणमा आउन लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले शुक्रबार जानकारी दिए ।

दुई पक्षको आपसी सम्बन्धमा थप सुधार गर्न, विश्वासको वातावरण बढाउन, विविध पक्षमा सहकार्य गर्न र आदान प्रदान गर्न आबेको भ्रमण फलदायी हुने चिनियाँ पक्षको विश्वास छ ।

जापानका प्रधानमन्त्रीले सात वर्षपछि चीनको भ्रमण गर्न लागेकोले यसलाई महत्वका साथ हेरिएको पनि प्रवक्ता काङले बताए ।
चीन र जापानका बीचमा शान्ति तथा मित्रतासम्बन्धी सम्झौता भएको ४०औँ वर्ष पूरा भएको वर्ष भएकाले पनि यो भ्रमण महत्वपूर्ण रहेको उनको भनाई छ ।
लुका अनुसार भ्रमणका क्रममा आबेले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
भेटका क्रममा उनीहरुले दुई देशको आपसी सम्बन्ध र सहकार्य बाहेक अन्तर्राष्ट्रिय विविध विषयका बारेमा पनि छलफल गर्नुहुने बताइएको छ ।

वि.सं.२०७५ असोज २७ शनिवार १३:४६ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...