२९ असोज, काठमाडौं । सैनिक मुख्यालयले सर्वसाधारणलाई लक्षित गरेर दसैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । उक्त दिन सवारी साधन समेत न्यून हुने भएकाले सर्वसाधारणलाई लक्षित गरी सैनिक मुख्यालयले निःशुल्क बस सञ्चालन गर्ने भएको हो ।
टीकाको दिन भद्रकालीबाट उपत्यकाका आठ रुटमा बिहान सातबजेदेखि सेनाको बस छुट्नेछ ।
बिहान ७, ११ र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताका निःशुल्क बस सेवा सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
सेनाले दसैं मनाउन घर जाने सकलदर्जा र तीनका आश्रित परिवारका लागि समेत निःशुल्क बस सेवा सञ्चालन गर्ने जाएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
असोज २५ गतोट ३१ गतेसम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लम्जुङ, रामेछापे, पोखरा, बुटवल, गोरखा, धादिङ, त्रिशुली, चौतारा, हेटौडा, नारायणढ सिराहा–राजविराज जाने तथा उपत्यका आउने गरी निःशुल्क बस सेना सञ्चालन गरिने छ । बसमा प्रतिसैनिक परिवारसहित बढीमा ५ जनाले सुविधा पाउने छन् ।
वि.सं.२०७५ असोज २९ सोमवार ०८:१२ मा प्रकाशित