back
CTIZAN AD

पर्वतमा न्यौपानेहरुको भेला, अध्यक्षमा चोकलाल सर्वसम्मत

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

642 

shares

९ कात्तिक, पर्वत। पर्वत जिल्लाको पैञ्यू गाउँपालिका स्थित पैञ्यू बहुमुखी क्याम्पसमा भएको न्यौपाने बन्धुहरुको जिल्ला भेलाले चोकलाल न्यौपाने ‘पाखीम्बास’ लाई अध्यक्षमा चयन गर्दै १७ सदस्यीय ‘न्यौपाने वंश समाज नेपाल जिल्ला कार्यसमिति पर्वत’ गठन गरेको छ ।
समाजका केन्द्रीय अध्यक्ष मेघराज न्यौपाने, केन्द्रीय सदस्य कुश्माखर न्यौपाने तथा रुपन्देही जिल्ला अध्यक्ष तीलक न्यौपाने लगायतको उपस्थितिमा सम्पन्न सो दोश्रो अधिबेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष चोकलाल न्यौपानेका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा हिमलाल न्यौपाने, उपाध्यक्षमा धनपति न्यौपाने, सचिवमा विष्णु प्रसाद न्यौपाने, कोषाध्याक्ष इश्वरी कुमारी न्यौपाने, सहसचिवमा पर्शुराम न्यौपाने र सदस्यहरुमा मोतीलाल न्यौपाने, खिमानन्द न्यौपाने, नारायण न्यौपाने, रुक्मागत न्यौपाने र खिम प्रसाद न्यौपाने रहेका छन् ।
विभिन्न स्थानमा रहेका अन्य न्यौपानेहरुलाई समेट्न ६ सदस्य पछि थप गरिने जनाइएको छ ।
यसैबीच सो समाजको कार्यसमिति अन्तर्गत श्याम प्रसाद न्यौपाने संयोजक तथा तुल्सीराम न्यौपाने र देवी प्रसाद न्यौपाने रहेको ३ सदस्यीय लेखा समिति पनि बनाइएको जनाइएको छ ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ११:४५ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...