अफ्रिकी मुलुक युगाण्डामा रहेका नेपालीले विशेष भेटघाट कार्यक्रम तथा टिका ग्रहण गरेर दसैं मनाएका छन् ।
गैर आवासीय नेपाली संघ, युगान्डाद्धारा कार्तिक दुई गते १९ अक्टोबरका दिन आयोजित उक्त कार्यक्रममा संघका उपाध्यक्ष बिनोद थापाको सभापतित्व रहेको थियो भने ४३ जनाको सहभागिता रहेको थियो ।
राष्ट्रिय गानबाट शुरु भएको सो कार्यक्रममा श्रीमती बर्षा आचार्यले स्वागत मन्तव्य दिदै कार्यक्रमका बिशेष आकर्षण प्रमुख अतिथि पूर्बी अफ्रीकाकै बिजनेस टाइकुन डा. सुधिर रुपार्लिया लाई आशन ग्रहण गराएकी थिइन् ।
कार्यक्रममा मन्तव्य दिदै रुपार्लियाले आफू नेपाल र नेपालीहरुलाइ अत्यन्तै माया गर्ने ब्यक्ति भएको बताउँदै ४ पटकको नेपाल भ्रमणमा आफूलाइ त्यहाँका हिमश्रृंखला पशुपति दर्शन पोखराको मनमोहक रमणीय दृश्यले विशेष आकर्षण गरेको र भबिश्यमा फेरि फेरि पनि नेपाल भ्रमणको चाहना रहेको कुरा व्यत्त, गरेका थिए ।
रुपार्लियाले आफू नेपाली लोकगीतको फ्यान भएको र गाडिमा सवार भैरहदा नेपाली लोकगीत सुन्ने कुरा पनि बताए । रुपार्लिया ग्रुपमा सत्तरीको हाराहारिमा नेपाली कार्यरत छन ।
प्रमुख अतिथीको हैसियतमा संघका पूर्बअध्यक्ष रमेश कंडेलबाट टीका ग्रहण गर्दै नेपाली संस्कृति ग्रहण गर्न पाउनु निकै भाग्यशाली ठानेको भन्दै डा. रुपार्लियाले जेष्ठ नागरिक पनि भएको हैसियतमा सम्पूर्ण नेपालीलाइ टीका लगाइदिएका थिए ।
कार्यक्रमलाई सफल पार्न संघका उपाध्यक्ष बिनोद थापा, कोषाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र बिवश, संस्थापक सदस्य कल्पना अर्याल, महिला संयोजक तारा गिरी लगायतको विशेष योगदान रहेको थियो भने अध्यक्ष राजमणी भन्डारी तथा महासचिव रमेश शर्मा बिशेष कारणवस युगान्डा बाहिर रहेकोले उपस्थित थिएनन भने पूर्ब आइसिसि सदस्य जिभनाथ पंगेनीको उपस्थिति भने रहेको थियो ।
कोलोलो कम्पालामा अवस्थित ए इ आर लन्ज गार्डेन एन्ड रेष्टुरेन्टमा भएको उक्त कार्यक्रम समग्रमा अत्यन्तै भब्य र सभ्य रुपमा सफल भएको बताइएको छ ।
वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १२:२३ मा प्रकाशित