back
CTIZAN AD

सञ्चालन भएन नेपाल–भारत पशुपतिमैत्री धर्मशाला

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

657 

shares

९ कात्तिक, काठमाडौँ । नेपाल–भारतमैत्री पशुपति धर्मशाला उद्घाटन भएको डेढ महीनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । बिम्स्टेक सम्मेलनका अवसरमा गत भदौ १५ गते धर्मशाला उद्घाटन भएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको धर्मशाला त्यसलगत्तै सञ्चालनमा आउने भनिएको थियो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान –नाथम) ले प्रतिवेदन दिएपछि धर्मशाला सञ्चालन हुने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । कात्तिक ११ गते आइतबारसम्म प्रतिवेदन आइपुग्ने र त्यसलगत्तै धर्मशाला सञ्चालन हुने उनले सुनाए ।

तीनतारे होटलको सुविधा हुनेगरी बनाइएको धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला निर्माणपछि नेपाल–भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सहज हुने विश्वास गरिएको छ । यसका कारण धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ ।

तीलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ५९ कोठा छन् । चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ । धर्मशालामा एकैपटक ४०० तीर्थयात्री बस्न सक्नेछन् ।

धर्मशालाको निर्माणपछि निम्न तथा निम्न मध्यम वर्गका यात्री पनि बस्न सक्ने गरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ । हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई धर्मशालाको व्यवस्था नहुँदा महङ्गो होटलमा बस्न बाध्य हुने गरेका छन् ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १४:५८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...