back
CTIZAN AD

काबेली कोरिडोरको कार्य अन्तिम चरणमा,दुई महिनामै सकिने

वि.सं.२०७५ कात्तिक १० शनिवार

657 

shares

१० कात्तिक, पशुपतिनगर । पूर्वका इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने निर्माणाधीन काबेली कोरिडोरको काम दुई महीनामा सकिने भएको छ ।

जग्गाको मुआब्जाको विषयमा विवाद भएर काम सुस्त भएको काबेली कोरिडोरको काम अहिले अन्तिम चरणमा पुगेको हो । इलामको देउमाई नगरपालिकाको सिद्धिथुम्का र पाँचथरको फिदिम बजार खण्डमा भएको जग्गा विवाद स्थानीय तह र प्रशासनको पहलमा सुल्झिएसँगै अहिले तीव्र गतिमा काम भइरहेको छ ।

काबेली प्रसारण लाइन आयोजनाअन्तर्गत इलामको गोदक, पाँचथरको अमरपुर र झापाको लखनपुरमा सव–स्टेशन निर्माण भई दुई वर्षअघिनै चार्ज गरी सञ्चालनमा आएका छन् । पहिलो चरणको काम दुई वर्षअघिनै सकिएको कोरिडोरको काम जग्गाको मुआब्जाका विषयमा स्थानीयले असहमति जनाएपछि दोस्रो र तेस्रो चरणको काम अघि बढ्न सकेको थिएन ।

जग्गा मुआब्जाको समस्या समाधान भएपछि अहिले प्रसारण लाइनको दोस्रो र तेस्रो खण्डमा धमाधम काम भइरहेको छ । दोस्रो खण्डको १२५ वटामध्ये १० वटा टावरको मात्रै फाउण्डेशनको काम बाँकी रहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । दोस्रो खण्डमा १० वटा टावरको फाउन्डेशनको काम सकेर ११ किलोमिटर तार तान्न मात्रै बाँकी रहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।

इलामको सिद्धिथुम्का, चमैता र पाँचथरको जोरसाल खण्डमा पर्ने १९ वटा टावरमा जग्गा विवादका कारण काम रोकिएको थियो, अहिले त्यही खण्डमा टावर ठड्याउने, तार टाङ्नेदेखि तारको बाटोमा सफाइ गर्ने काम हुँदैछ, द्विवेदीले भने । मङ्सिर अन्तिमसम्ममा आयोजनाको सबै काम सकिन्छ र विद्युत् सप्लाइको काम पूर्णरुपमा सम्पन्न गरिने छ ।

तेस्रो खण्डमा ४० वटा टावर रहेकामा सबैको फाउन्डेशनको काम सकिएको र ११ किलोमिटर तार तान्ने काम मात्रै बाँकी छ । दोस्रो र तेस्रो खण्डअन्तर्गत इलाम, पाँचथर र तेह्रथुमको आठराइ खण्डमा १६५ वटा टावर निर्माण भइसक्ने छन् । पाँच वर्षदेखि शुरु भएको आयोजनाको काम तोकिएको समयमा पूरा नभएपछि यसअघि डेढ वर्ष म्याद थप गरिएको थियो ।
कोरिडोर निर्माण सम्पन्न हुनासाथ पाँचथरको ६० मेगावाट र इलामको ७० मेगावाट विद्युत् यो आयोजनामार्फत विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । अहिले इलाम झापा खण्डमा रहेको कोरिडोरको काम सकिएकाले इलामका खोलामा उत्पादन भएको ७० मेगावाट विद्युत् केन्द्रीय प्रशारणमा जोडिएको छ । दुई सय मेगावाट विद्युत् प्रसारण गर्ने कोरिडोरको क्षमता रहेको आयोजना सञ्चालनमा आएपछि प्रदेश नम्बर १ मा विद्युत्को अभाव नहुने आयोजना प्रमुख द्विवेदीले बताए ।

झापाको दमकदेखि पाँचथरको अमरपुर जोड्ने काबेली कोरिडोरको ९१ किलोमिटर विद्युत् प्रसारण लाइनमा जम्मा २६२ वटा विद्युतीय पोल रहने छन् । विश्व बैंकको रु दुई अर्ब ५८ करोडको लगानीमा नेपाल विद्युत् प्राधिकरणले कोरिडोर निर्माणको काम गरिरहेको छ ।

वि.सं.२०७५ कात्तिक १० शनिवार ११:५८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...