back
CTIZAN AD

साउदी पत्रकार खशोग्गीको छोरा अमेरिकामा

वि.सं.२०७५ कात्तिक १० शनिवार

681 

shares

१० कात्तिक, वासिङटन ।  टर्कीस्थित साउदी अरबको महावाणिज्य दूतावासमा हत्या गरिएका साउदी अरबका पत्रकार जमल खशोग्गीका जेठा छोरा सलाह विन जमल खशोग्गीमाथिको विदेश भ्रमण प्रतिबन्ध हटाएपछि उनी बिहीबार अमेरिका पुगेका छन् ।

अमेरिकी सञ्चारमाध्यमले कुनै स्रोत नखुलाइकन दिएको समाचारमा सलाह विनले साउदी अरब छोडी अमेरिका आइपुगेको जनाएका हुन् ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनले शुक्रबार प्रशारण गरेको समाचारमा भनेको छ, ‘अमेरिकी अनुरोधमा साउदी अरब सरकारले खशोग्गीका जेठा छोरा सलाह विनमाथिको प्रतिबन्ध हटाइएको थियो । लगतै उहाँ सिधा उडानमार्फत अमेरिकाका लागि छुट्नु भएको थियो । उहाँ अहिले अमेरिका पुगिसक्नुभएको छ ।’

वासिङटन पोष्टका लागि काम गर्दै आएका जमाल खशोग्गीलाई इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासभित्रै गत अक्टोबर २ मा हत्या गरिएको थियो ।

घटनापछि खशोग्गी परिवारका केही सदस्यलाई विदेश भ्रमणमा साउदी अरबले प्रतिबन्ध लगाएको थियो ।  वासिङटन पोष्ट पत्रिकाका लागि काम गर्दै आएका मृतक खशोग्गीका जेठा छोरा सलाहलाई विदेश भ्रमणमाथि लगाइएको प्रतिबन्धलाई फुकुवा गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक हप्ता पहिले रियाद भ्रमणमा रहेका समय साउदी अरब सरकारसँग आग्रह गरेको जानकारी बिहीबार मात्रै सार्वजनिक भएको थियो ।

ह्वाइट हाउसका प्रवक्ता सारा सान्डर्सले भने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक गिना हास्पेल अनुसन्धानका लागि टर्की भ्रमणबाट फर्केपछि घटना सम्बन्धमा औपचारिक जानकारी लिनुभएको जनाइएको छ ।

सान्डर्सले राष्ट्रपति ट्रम्पलाई खशोग्गीबारे आफूले पाएको जानकारी र अनुसन्धान प्रक्रियाबारेमा भएका छलफलहरूलाई जानकारी गराउनुभएको बताए । यद्यपि छलफलबारे विस्तृत विवरण भने दिइएको छैन ।

दुई हप्तासम्म रियादले खशोग्गीको हत्यालाई अस्वीकार गर्दै आए पनि  गत शनिबार मात्र वासिङटन पोष्टका पत्रकार खशोग्गीको इस्तानबुलमा रहेको साउदी अरबको महावाणिज्य दूतावासमा केही व्यक्तिसँगको झडपमा मृत्यु भएको स्वीकार गरेको थियो । तर विवाद किन भएको भन्नेबारे केही खुलाइएको छैन ।

साउदीका युवराजले बुधबार मात्रै खशोग्गीको हत्यारालाई कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता जाहेर गरेका छन् ।

अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

वि.सं.२०७५ कात्तिक १० शनिवार १२:०९ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...