
१२ कात्तिक, काठमाडौ । बैंकमा लगानी योग्य पुँजीको अभाव हुन थालेपछि सेयर बजार ओरालो लागेको छ ।
धितो राखेर लिएको कर्जाको ब्याजदर बढ्ने निश्चित भएपछि सेयर बजार ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचक आइतबार १३.६२ बिन्दुरले घटेर १२२७.४९ मा आइपुगेको छ । ‘सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढ्ने निश्चित भएपछि सेयर बजार ओरालो लागेको हो,’ एक ब्रोकरले भने, ‘अहिले सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भारी बृद्धि हुने अनुमानलाई मानिएको छ ।’
बैंकमा लगानी गर्न आवस्यक रकम (तरलत) को कमी हुँदा ब्याज बढ्ने गर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक १२ सोमवार ०८:१५ मा प्रकाशित






























