back

दश कम्पनी कालोसूचीमा, को को परे सूचीमा ?

वि.सं.२०७५ कात्तिक १२ सोमवार

309 

shares
GLOBAL IME AD
NTC AD

१२ कात्तिक, काठमाडौँ  । निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ ।

तोकिएको जिम्मेवारी पूरा नगरेको तथा विकास निर्माणको काममा लापर्वाही गरेको पाइएपछि ती कम्पनीलाई कारवाही गरिएको हो । कार्यालयकाअनुसार इशान कन्स्ट्रक्सन प्रालि, भुवनेश्वरी इन्टरनेशनल प्रालि, एमएस जेभी इन्टरनेशनल, गौरव निर्माण सेवा, एमडी, धर्मेन्द्र जेभी, लामा बिल्डर्स प्रालि, एमडी बिल्डर्स प्रालि, धर्मेन्द्र निर्माण सेवा, एमए इण्डस्ट्रियल एशोसिएट् र गापा कागेश्वरी सप्लायर्स प्रालिलाई कालोसूचीमा राखिएको छ । सन् २०१८ को दश महिनाका लागि ती कम्पनी कारवाहीमा परेका हुन् ।

सार्वजनिक खरीद ऐन २०६३ को दफा ६३ को दफा ९१० बमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा रहेको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरीद कारवाहीमा भाग लिन समेत उनीहरुले पाउने छैैनन् । निर्माण कार्यमा बदमासी गर्ने, तोकिएको काम पूरा नगर्ने, तथा आयोजना जिम्मा लिएर अलपत्र पार्नेलाई कारवाही गर्ने नीतिअनुसार नै ती निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याइएको हो ।

यस्तै माल वस्तु उपलब्ध गराउने कम्पनीलाई समेत कार्यालयले कालोसूचीमा राखेर कारवाही प्रक्रिया अगाडि बढाएको छ । पवनकुमार, निकेशकुमार, नारायणदास श्री निवास, श्री क्वालिटी सेक्युरिटी गुड्स सप्लायर्स र डिएनके टे«डिङ प्रालिलाई समेत कालोसूचीमा राखिएको छ । यस्तै कार्यालयले विभिन्न सात संस्थाको कारवाही भने फूकुवा गरेको छ । केही अदालतको आदेशमा फूकुवा भएका हुन्, भने केही नियमानुसार फूकुवा भएका हुन् ।

सार्वजनिक खरीद अनुगमन कार्यालयका प्रवक्ता यज्ञराज कोइरालाले कालोसूचीमा परेका कम्पनी तथा निर्माण व्यवसायीले नियमानुसार न्यूतमम एकवर्ष र अधिकतम तीन वर्ष कुनै पनि सार्वजनिक खरीद प्रक्रियामा भाग लिन पाउने छैनन् । उनले विकास निर्माणको काममा लापर्वाही गर्ने, सार्वजनिक खरीद प्रक्रियामा बदमासी गर्नेमाथि कार्यालयलले नियमित रुपमा अनुगमन निरीक्षण तथा कारवाही प्रक्रिया अगाडि बढाएको बताए । सार्वजनिक खरीदलाई पारदर्शी, मर्यादित, व्यवस्थित बनाउन कार्यालयले आफ्ना संयन्त्रलाई समेत प्रभावकारी रुपमा परिचालन गरेको तथा अनुमगनलाई समेत निरन्तर जारी राखेको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार १४:४६ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...