back
CTIZAN AD

नेपाल र मलेसियाबीच श्रम समझदारी,अब नेपाली कामदारलाई मलेसिया जान कुनै शुल्क नलाग्ने

वि.सं.२०७५ कात्तिक १२ सोमवार

732 

shares


१२ कात्तिक, काठमाडाँ  । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । यहाँ आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी भएअनुसार वैदेशिक रोजगारीको लागि मलेसिया जान नेपाली कामदारले अब कुनै शुल्क तिर्नु नपर्ने भएको छ ।

त्यसैगरी मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकक, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत वापतका खर्चहरु सम्पूर्ण सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ ।

अब मलेसिया सरकारले कामदारबाट लगाउँदै आएको लेभी पनि छुट हुने भएको छ।

मलेसिया जाने कामदारको करार अवघि २ वर्ष कायम गरिएको छ । यसअघि करार अवधि ३ वर्ष रहेको थियो । रोजगारदाताले तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था पनि उक्त समझदारीपत्रमा व्यवस्था छ ।

मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तलब भत्ता, एवमु् सुविधा पाउने व्यवस्था पनि सम्झौतापत्रमार्फत गरिएको छ । साथै अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवम् सेवा सुविधा प्राप्त हुने व्यवस्था समेत गरिएको छ ।

समझदारीअनुसार नेपाली कामदार मलेसियाको विमानस्थल पुगेको ६ घण्टाभित्र गन्तब्य स्थलमा लगिनुपर्ने, महिला कामदारको हकमा विशेष ख्याल गर्नुपर्नेछ । मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकट सदस्यको मुत्यु भएमा १५ दिनको छुट्टी दिइने पनि उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीमा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउनु पर्ने, कामदारको मृत्यु भएमा शब नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने गरी व्यवस्था गरिएको छ ।

कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानुनले कामदारको सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हकमा पनि लागू हुने जनाइएको छ ।
रोजगारदाता कम्पनी विघटन भएमा वा रोजगारदाताले कामदारलाई दुव्र्यवहार गरेमा वा कुनै प्रकारको शारीरिक वा मानसिक हिंसा गरेमा कामदारले आफ्नो चाहना अनुसार अर्को काम खोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।

दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।

सम्झौतापत्रको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउन दुबै देशका सरकारी पदाधिकारी संलग्न संयुक्त कार्य समूहको गठन गरिएको जानकारी श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दिएका छन् ।

लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको र त्यसका लागि मलेसियाली मानव संसाधनमन्त्री आइतबार राति नेपाल आएका थिए ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार १५:१७ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...