
प्रथम नौमती बाजा गुल्मी युके समूहको आठौ बार्षिक भेटघाट तथा दशै तिहार सुभकामना साझ भब्य रुपमा सम्पन भएको छ ।
२७ अक्टोबरका दिन फान्ब्रो कम्युनिटी हल भवनमा सम्पन कार्यक्रममा गुल्मी जिल्ला समाज युकेका अध्यक्ष राम गलामी प्रमुख अथिती, नेपालबाट गायिका सुसिला गौतमको उपस्थिति रहेको सो कार्यक्रममा नौमती समूहका परिवारहरूको भेटघाट शुभकामना आदानप्रदान सम्पन भएको छ ।
समूहका प्रमुख सयोजक ओम थापा काउचाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सयोजक बिर बलालले गरेका थिए ।
वि.सं.२०७५ कात्तिक १२ सोमवार १६:११ मा प्रकाशित





























